बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

सोमबार, ०८ माघ २०७४, ०६ : ३३
सोमबार, ०८ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ ०८ गते ।  सोमबार । ईश्वी सन् २०१८ जनवरी २२ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि पञ्चमी १४ घडी ५९ पला,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त षष्ठि । नक्षत्र उत्तरभाद्रपदा ५४ घडी ५९ पला । योग परिध ०४ घडि ३० पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त शिब । करण वालब,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ५० मिनेट उप्रान्त तैतिल । 

 

आनन्दादिमा गद योग । चन्द्रराशि मिन । वसन्त पञ्चमी । सरस्वती पूजा । श्रीपञ्चमी । रतीकाम पूजा ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३५ मिनेट । दिनमान २६ घडी ३५ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन जाने छैन भने अल्छि गर्नाले अन्यकाहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ । स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानि गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आम्दानिका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रुपमा चलिरहेका कामहरु प्रभावित हुँनेछन् । बिवादित बिषयहरुको उठान नगनुहोला आफ्नो पक्षमा निर्णय आउँने छैन । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गरेपनि नाँफा कमाउँन केहि समय कुर्नु पर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुँने योग रहेकोछ । चाहेका बस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुँनेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुँनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ  । व्यापार व्यावसायमा सोचेजस्तै नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई अरुभन्दा अब्बल  हुँनुहुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखिन सक्छ सजक रहनुहोला । 

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथि हुँने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदिबहिनिसँगको सम्बन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाई लेखाईमा दिईएको समयबाट भनेजस्तो उपलब्धि आउँने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुँनेछ ।

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) लामो दुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि एक अर्काबिच अबिश्वास बढ्ने तथा कामहरु प्रभावित हुँने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानि नगर्नुहोला लगानि फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनेछ भने पढाई लेखाईमा कमजोरिको महशुष हुँनेछ । माया प्रेममा अबिश्वास गर्नाले दुरि बढ्नेछ  भने बिभिन्न सामानको प्रयोग गर्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय त्यति राम्रो छैन ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।  बिद्या तथा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउँने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउँनेछन् । 

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानि गरि आम्दानि बढाउँन सकिनेछ । आकश्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा  रमाउँने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपश्थितिको फाईदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुँनेछ । व्यापार व्यावसायमा न्यून नाँफा हुँने हुँनाले दैनिकि कष्टकर हुँनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुँनेछ ।

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

 

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप