शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिमाद कप फाइनल आज: नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त

सोमबार, ०८ माघ २०७४, ०८ : २८
सोमबार, ०८ माघ २०७४

तनहुँ - तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एनएसी युएसए भिमाद आज भिड्ने भएका छन् । फाइनल खेल आज २ बजे हुनेछ । 

शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४-० गोलको प्रभावशाली जित दर्ता गर्दै जलथल एफसी झापाले फाइनल यात्रा तय गरेको हो । 

झापाको लागि सरोज कार्कीले ह्याट्रिक तथा कर्ण लिम्बुले १ गोल गरेका थिए । कार्की खेलको म्यान अफ द म्याच घोषित भए । 

दोस्रो सेमिफाइनलमा आयोजक युवा क्लब भिमादलाई ० का विरुद्ध २ गोलले पराजित गदै एनएसी युएसए भिमादले जलथल एफसी झापासंगको फाइनल भेट पक्का गरेको हो । 

एनएसीको लागि दुवै गोल नवयुग श्रेष्ठले गरेका थिए । श्रेष्ठले खेल शुरु भएको १३ औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । फरवार्ड श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भए । 

विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट, खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही नगद १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप