‘हेट स्टोरी ४’मा यी अभिनेत्रीका हट अवतार
मुम्बई । उर्वशी रौतेला बलिउडमा परिचित नाम हो । तर चलचित्र अभिनयबाट उनलाई अहिलेसम्म दमदार सफलता हात परेको छैन । ‘ग्रेट ग्राण्ड मस्ती’ पछि उनको मुख्य भूमिका रहेको कुनै पनि चलचित्र आएको पनि छैन । तर यस वर्षको मार्चमा उनी जोडदार बोल्ड अभिनयसहित देखिने तरखरमा छिन् ।
मार्चमा उनको चलचित्र ‘हेट स्टोरी ४’ रिलिज हँुदैछ । चलचिमा उनको साथ करन वाही र पंजाबी चलचित्रकी अभिनेत्री इहाना ढिल्लन पनि देखिदै छिन् ।
ढिल्लनले बलिउड डेब्यु गर्न लागेकी हुन् । सोशल मिडियामा अहिले दुबै अभिनेत्रीको हट तस्बिर बाहिरिएको छ । तस्विरको चर्चा दिन प्रतिदिन चुलिँदो छ ।
उवर्शीले बलिउडका धेरै चलचित्र अभिनय गरेकी छैनन् । तर पनि बलिउडमा उनको चर्चा धेरै छ । उनले चलचित्र ‘काबिल’मा उत्कृष्ट आइटम दिएकी थिइन् । चलचित्र रिलिज भएको धेरै समयसम्म पनि आइटमको चर्चा अझै छ ।
‘हेट स्टोरी ४’की अर्की अभिनेत्री इहाना ढिल्लन पनि सौदर्यको मामिलामा निकै अगाडि छन् । चलचित्रमा आफ्नो अभिनय भन्दा सौन्दर्य बढी महत्व दिइएको उनले बताएकी छन् ।
यो सिरिजको निर्देशन विशाल पण्ड्याले नै गर्दैछन् । अघिल्ला दुई सिक्वेलको निर्देशन पनि विशालले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल