बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न सकिदैन : सांसद गुरुङ

सोमबार, ०८ माघ २०७४, ११ : ५८
सोमबार, ०८ माघ २०७४

तनहुँ । तनहुँ क्षेत्र नं १ प्रदेश सभाका सांसद रामबहादुर गुरुङले गुणस्तरीय शिक्षा बिना विकासको परिकल्पना गर्न नसकिने बताएका छन् । सांसद गुरुङले आइतवार पोखरामा सपथ ग्रहण गरेर फर्कने क्रममा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।     

शिक्षाको कमीका कारण नेपालमा विकासले गति लिन नसकेको उनको भनाई थियो । बाटो, खानेपानी, स्वास्थ्य, रोजगारमा सरकारले ध्यान दिनुपर्ने औँल्याउदै सांसद गुरुङले अब देशको नयाँ बाटो कोर्ने समय आएको बताए । ‘नेताले देशको विकास गरेर देखाउनुपर्छ,’ उनले भने ‘प्राकृतिक दृष्टिले नेपाल धनि भएर पनि गरीब बन्नु परेको छ ।’ 

कृषिमा आधुनिकरण गर्दै विदेशमा पलायन भएका युवा शक्तिलाई स्वदेशमा फिर्ता गर्ने नीति ल्याउनुपर्छ सांसद गुरुङले भने । ठाउँ सुहाउदो कृषि प्रणालीमा जोड दिन सके युवाहरु विदेशिनु नपर्ने उनको तर्क थियो ।  

देशमा शान्ति सुरक्षाको व्यवस्था गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो ।     
             

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप