शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयोजक पक्षले सास्ती दिएको अरोप लगाउँदै प्रतियोगिताबाटै बाहिरिए तीन प्रतियोगी

सोमबार, ०८ माघ २०७४, १३ : ५९
सोमबार, ०८ माघ २०७४

उर्लाबारी– सुनसरीको धरानमा जारी पूर्वाञ्चल सिंगिङ स्टारका प्रतिस्पर्धीहरुमध्ये केहीले प्रतियोगिताबाट बाहिरिएको घोषणा गरेका छन् । सोमबार उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले आयोजक पक्षले वास्ताविक क्षमता हेरेर भन्दा टिकट बेचेकै भरमा विजेता छनोट गरेको आरोप लगाउँदै उनीहरुले प्रतियोगिताबा बाहिरिएको गुनासो पोखे । उनीहरुले आयोजक पक्षका कारण प्रतिस्पर्धी र अभिवावकले सास्ती बेर्हाेनु परेको समेत आरोप लगाए ।

आयोजक बागिना कलाकेन्द्र धरानले इमोसनल ब्लाकमेल गरी टिकट बिक्री वितरण गर्न बाध्य बनाएको भन्दै मोरङ उर्लाबारीकी होमा डाँगी, मेलिना फुयाल र पत्थरी शनिश्चरेकी सम्झना राईले प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन् ।  कलाकारहरुको क्षमता उनीहरुले बिक्री गर्ने टिकटको संख्यालाई आधार मानेर निर्धारण गर्ने भएकाले प्रतियोगिताबाट बाहिरिएको पनि उनीहरुले बताएका छन् । उनीहरुले आयोजक बागिना कला केन्द्रले प्रतियोगीको क्षमता मूल्यांकनभन्दा पनि कमाउ धन्दामा केन्द्रित रहेको पनि आरोप लगाएका छन् ।  

धेरै संख्यामा टिकट बिक्री गर्नेलाई नै क्रमशः बिजेता घोषणा गर्ने आयोजकले मापदण्ड तोकेकाले आफ्नो प्रतिभालाई सशक्त बनाउनेतिर भन्दा पनि धेरै टिकट बेच्ने होडबाजीमा सक्रिय बन्नु परेको प्रतियोगी मेलिना फुयालले बताएकी छन् । जसरी पनि टिकट बेच्नैपर्ने, टिकट बिक्रीबाट जम्मा भएका रकम समयमा नै बुझाउँनै पर्ने नबुझाए प्रतियोगीताबाट हटाउने जस्ता दबाब केन्द्रका संचालक भक्तिराज राईले दिने गरेको अर्की प्रतियोगी होमा डाँगीले बताईन् । आयोजकको यस्तो हर्कतले गर्दा मानसिक समस्या खेप्नु परेको पनि उनले बताइन् । पूर्वाञ्चलव्यापी प्रतियोगिता भनिएता पनि प्रतियोगीताको प्रशारण कुनै पनि मिडियाबाट गरेको पाइन्न् । 

आयोजकले जसरी हुन्छ कम खर्च गरेर धेरै आम्दानी गर्ने योजनाका साथ यो प्रतियोगिताको आयोजना गरेको, प्रतिस्पर्धीहरुलाई मानसिक तनाब दिएको, टिकट बेचे बापतको रकम जतिसक्दो चाडो दिन ताकेता दिएको जस्ता आरोप उनीहरुले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।  प्रतियोगिताले आफूहरुको पैसा र समय बर्बाद गरेकाले यसको क्षतिपूर्ति आयोजकले बेर्हाेनुपर्ने प्रतियोगी सम्झना राईले बताइन् ।  
आयोजक पक्षले १ सय बराबरको टिकट बिक्री गरेबापत २५ भोट प्राप्त गर्ने उर्दी जारी गरेको थियो । आयोजकले तोकिदिएको शर्तअनुसार २ सयको बिक्री गरेमा ५० र १ हजारको टिकट बिक्री गरेमा २ सय ५० भोट पाउने छन् भने २ हजारको टिकट बिक्री गरे बापत ५०० सम्म भोट मिल्ने बताएको थियो ।

प्रतियोगितामा १३ जिल्लाका गरी करिब १२ सय प्रतिस्पर्धीले सहभागिता जनाएकामा जजहरुले टप १५ को छनोट गरेका छन् । ५ महिना अघिबाट सुरु भएको प्रतियोगितामा उर्लाबारीका मात्रै ५ प्रतिस्पर्धी रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप