बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिकका लागि उत्तर कोरियाली प्रतिनिधिमण्डल दक्षिण कोरियामा

सोमबार, ०८ माघ २०७४, १५ : ४७
सोमबार, ०८ माघ २०७४

सियोल । शनिबार अन्तराष्ट्रिय ओलम्पिक कमिटीले अर्को महिना हुन लागेको शीतकालिन ओलम्पिकमा उत्तर कोरियाका बाइस खेलाडिको सहभागिता स्वीकृती दिने निर्णय गरेको छ । यस निणर्यलाई दक्षिण कोरियाले स्वागत गरेको छ । शियोलले यसले कोरियाली प्रायद्विपमा शान्ति स्थापना र तनाब कम गर्न सहयोग गर्ने बताएको छ । 

तयारी भ्रमणहरुको श्रृङ्खलामा पहिलो यात्रा स्वरुप आइतबार उत्तर कोरियाली सङ्गीत तथा कला अधिकारीहरु दक्षिण कोरिया आइपुगेका छन् । यो समूहले ओलम्पिक खेल स्थलहरुको निरीक्षण गर्नेछ । 
प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी छिन् चर्चित सांगीतक समूह मोरानबोङकी ह्योन सोङ वुलले गरिरहेकी छिन् ।

यो भ्रमण दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले कार्यलय सम्हालेपछि उत्तर कोरियालीबाट भएको पहिलो हो। राष्ट्रपति मुनले आफ्नो चुनावी अभियानमा उत्तरसँगको सम्बन्ध सुधार गर्ने वाचा गरेका थिए ।

दक्षिण कोरियाली समाचार सस्था वाइ.टि.एन. अनुसार सो प्रतिनिधि समूह बाक्लो प्रहरीको उपस्थितीमा सियोल ओर्लिएको थियो र लगतै रेलमा खेल आयोजना हुने गाङओन प्रदेश प्रस्थान गरे । शीतकालिन ओलम्पिक यो पटक ९ देखि २५ फेब्रुअरीका बीच दक्षिण कोरियामा हुँदैछ ।

प्योङ्याङ्ले आइतबार नै ओलम्पिक आयोजना स्थल र बासस्थलको निरीक्षणको लागि अर्को खेल अधिकारीको समूह पठाउन लागेको बताएको दक्षिण कोरियाली एकिकरण मन्त्रालयले जनाएको छ । कोरियाली प्रायद्विपमा पछिल्लो समय उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रमलेृ बढाएको तनाबबिच यो पछिल्लो विकसित अवस्थालाई कुटनैतिक ‘ब्रेकथ्रु’को रुपमा मानिएको छ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप