शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय समुदायद्वारा टर्कीलाई संयमता अप्नाउन आग्रह

सोमबार, ०८ माघ २०७४, १५ : ५८
सोमबार, ०८ माघ २०७४

एजेन्सी– टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ ।  टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ । 

उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ ।  टर्कीले उक्त सहरमा गएराति विभिन्न ११ वटा युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमणको बारेमा टर्कीले कुनै पनि स्पष्टिकरण दिएको छैन । 

संयुक्त राष्ट्रसंघले अमेरिकाले टर्कीले गरेको भनिएको सो कारबाहीका क्रममा सर्वसाधारणको ज्यान जानेगरी कुनै पनि कारबाही नहोस् भनी संयमताका लागि आग्रह गरेको हो ।  त्यसैगरी उसले सर्वसाधारण नागरिक हताहत हुन नदिन र उक्त समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ । 

उता फ्रान्सले भने जतिसक्दो चाँडै युद्धविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमवार त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ । तर यस विषयमा राष्ट्रसंघले भने कुनै पनि प्रतिक्रिया दिएको छैन । उक्त विद्रोही समूहले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ । टर्कीले गरेको यस हवाई हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अधिकारवादीहरुले जनाएका छन् । 

टर्कीको कुर्दिस विद्रोहीसँग सम्बन्ध भएकोले अंकाराले नै वाइपीजी नाम गरेको उक्त समूहलाई आतङ्ककवादी समूहको रूपमा हेर्दै आएको छ ।  कुर्दिस सो लडाकू समूहलाई धपाउने कारबाहीका क्रममा टर्कीका सैनिकहरूले सिरियाको उत्तरी क्षेत्र सिनाईमा यसअघि नै प्रवेश गरेका जनाइएको थियो । 

उक्त कुर्दिस लडाकू समूह टर्कीको उत्तरतर्फको सीमा जोडिएको क्षेत्र अफ्रिनमा पनि विगतका केही महिनाहरुदेखि सक्रिय रहेको बताइन्छ ।  उक्त आक्रमण रोकी संयम रहन अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता हिदर नउटले पनि आग्रह गरिएको अर्को एक समाचारमा जनाइएको छ । 

उनले टर्कीका नाममा आग्रह गर्दै भनेका छन्, सो आक्रमणको क्रम जतिसक्दो चाँडै रोकेर सर्वसाधारण नागरिकको ज्यान सुरक्षित हुने अवस्थाको घोषणा गरियोस् । टर्कीले गएका केही महिनादेखि आफ्रिन र त्यहाँबाट करिब १०० किलोमिटर टाढाको सहर मान्बिमा ती कुर्दिस लडाकूलाई धपाउने चेतावनी दिँदै आएको छ । 

उता हिजोमात्र पनि सिरियाको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच पनि फोनवार्ता भएको थियो ।  सिरियामा जारी रहेको करिब पाँचवर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उनीहरुले छलफल गरेको रुसी विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । 

सिरियामा गएको करिब पाँच वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि चार लाख नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका दशौँ लाख नागरिक घरबारबिहीन वा शरणार्थी भएका छन् ।  सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो । तर वार्ता सफल हुन सकेको छैन ।

अमेरिका र रुसको अगुवाई यसअघि भएका विभिन्न वार्ताहरु सफल हुन सकेका छैनन् ।  वर्ष दिनमात्र अघि पनि पछिल्लो पटकको वार्ता साउदी अरेबियाले आयोजना गरेको थियो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप