शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरकप क्रिकेटः थालिगाडा टिम सेमिफाइनलमा प्रवेश

सोमबार, ०८ माघ २०७४, १६ : ०३
सोमबार, ०८ माघ २०७४


बैतडी–  दशरथचन्द नगरपालिका–६ थालिगाडा, यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।  समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो । 

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका गोविन्द भट्टले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए । 

दशरथचन्दले १३.५ ओभरमा ८९ रनको लक्ष्य पूरा गर्यो  । चन्दन रावल र लोकेन्द्र रावलले १५/१५ रन बनाए । बलिङतर्फ दुर्गाभवानीका गोविन्द भट्टले तीन विकेट लिए । चार विकेट लिएका थालिगाडाका शंकर महर ‘म्यान अफ द म्याच’ घोषित भएको नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिए ।  मंगलबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेल देहिमाण्डौँ र थालिगाडाबीच तथा दोस्रो सेमिफाइनल खलंगा र ग्वाल्लेकबीच हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप