बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल २०१८ को घोषणा, कस्ता युवतीले आवेदन दिन सक्छन् ?

सोमबार, ०८ माघ २०७४, १६ : ०७
सोमबार, ०८ माघ २०७४

काठमाडौं– द हिडेन ट्रेजर मिस नेपाल २०१८ को आयोजना गर्ने  घोषणा गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन  गरी आयोजक द हिडेन ट्रेजरले मिस नेपाल २०१८ को आयोजना गर्न लागिएको घोषणा गरेको हो ।
मीस नेपाल २०१८ का प्रारम्भिक उम्मेदवार देशका ८ प्रमुख शहरहरु बीरगञ्ज, विर्तामोड (नयाँ शहर), धनगडी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट फेब्रुवरी ४ देखि १० भित्रमा चयन गरिनेछ । 
यस्तै  १७ फेब्रुवरीमा काठमाण्डौमा अन्तिम चरणका उम्मेदवार चयन गरिने छ । तत्पश्चात चयन भएका २० देखि २५ जना उम्मेदवारहरुलाई  होटल अन्नपूर्णमा ७ हप्तासम्म वरिष्ठ प्रशिक्षकहरुद्वारा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । 
उम्मेदवारहरुको उमेर १९ वर्ष देखि २५ वर्ष हुनुपर्ने जनाइएको छ । यस्तै  उचाई ५’४’’ वा सो भन्दा बढी हुनुपर्नेछ भने अविवाहित पनि हुनुपर्नेछ ।  यस्तै नेपाली नागरिकता र पासपोर्ट हुनै पर्ने  छ । 
एनआरएन नेपालीले पनि उल्लेखित सर्तहरु पुरा गरे आवेदन दर्ता गर्न सक्ने जनाइएको छ ।  आवेदन अन्तिम मिति १५ फेब्रुवरीलाई तोकिएको छ । 
प्रतियोगिताको फाइनल अप्रिल ११ मा हुनेछ । 
प्रतियोगिताबाट चयन हुने प्रतिभाशाली युवतीहरुलाई मीस वल्र्ड, मीस युनिभर्स, मीस अर्थ र मीस ईन्टरनेशनल जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिने अवसर प्रदान गरिनेछ । 
प्रतियोगितको प्रायोजक रुसलान एफ एम ९५.२ रहेको छ भने सह–प्रायोजक कलर्स मोबाइल तथा लिभोन रहेका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप