शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको धुलाबारी र काकरभिट्टामा एनआईसी एशियाको नयाँ शाखा

सोमबार, ०८ माघ २०७४, १७ : ०१
सोमबार, ०८ माघ २०७४

काठमाडौं–एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचीनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा सोमबार एक समारोहका बीच औपचारिक रुपमा उद्घाटन गरिएको छ । 
 मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यबाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।
२ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप