शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवनगर महादेव स्थानमा दर्शनार्थीको घुुइँचो

सोमबार, ०८ माघ २०७४, १७ : ०६
सोमबार, ०८ माघ २०७४

रौतहट–रौतहटको धार्मिक तथा ऐतिहासिकस्थल शिवनगर महादेव मन्दिरमा सोमवार श्रीपञ्चमीको अवसरमा दर्शनार्थीको घुुँईचो लागेको छ ।
दिउँसोसम्म महादेव मन्दिरमा ५० हजार भन्दा बढि भक्तजनले दर्शन गरेको ईलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायव निरिक्षक दिपेन्द्र यादवले बताए ।

दुुईदिन सम्म लाग्ने मेलामा मंगलवार सम्म एकलाख बढि भक्तजन दर्शनको लागि आउने आयोजक मेला समितिको अनुुमान रहेको छ । मेला सुुरक्षाका लागि बाक्लो सुुरक्षाकर्मीको ब्यवस्था मिलाईएको छ । सुुरक्षार्थ जिल्लाभरबाट ६० जना भन्दा बढी नेपाल प्रहरी जनशक्ति परिचालन गरीएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञबिनोद पोखरेलले जानकारी दिए ।

यो मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाए कुुष्ट रोग निको हुने,छोराछोरी हुने र श्रीपञ्चमी तथा महा शिवरात्रीमा शिवनगर महादेव स्थानमा भेन्टा चढाएमा छाला रोग मानिने मुुसो स्वत हराउने गरेको मुुख्य पुुजारी कृष्णदेव गिरीले जानकारी दिए । श्रीपञ्चमी र महा शिवरात्रीको अवसरमा शिवनगरमा सर्लाही,पर्सा,बारा,रौतहटका साथै सीमावर्ती भारत बाट भक्तजनहरु जाने गर्दछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप