मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ  चलचित्र ‘कथा ७२’ को टिजर

सोमबार, ०८ माघ २०७४, १७ : ११
सोमबार, ०८ माघ २०७४

काठमाडौं – २०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको चलचित्र ‘कथा ७२’को फस्ट लुक सार्वजनिक भएको छ । प्रवीण स्याङ्बोको लेखन, निर्देशन गरेको चलचित्रको फष्ट लुक र टिजर एकसाथ रिलिज गरिएको हो । 
लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्र ‘कथा ७२’ वर्ष २०७५ को वैशाखमा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रलाई ‘सन डान्स् अन्तर्राष्ट्रिय अर्वाड’ विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् । 
चलचित्रको सार्वजनिक टिजरमा टिजरमा सिन्धुपाल्चोक प्रशिद्ध उच्च पहाडी क्षेत्र पा“चपोखरी, भोताङ लगायतको क्षेत्रका सुन्दर दृश्यहरु समेटिएका छन् । मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । 
आकाशस“गै सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस लगायतको अभिनय रहेको चलचित्रको आकाश पौडेल, सुशान्त श्रेष्ठ र प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप