शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यान दुर्घटना अपडेट : मृतक चारमध्ये २ को सनाखत, ११ गम्भीर

सोमबार, ०८ माघ २०७४, १७ : १४
सोमबार, ०८ माघ २०७४

सल्यान– सल्यानको त्रिवेणी गाउँपालिका ६ बैघारेखोलामा बस दुर्घटना हुँदा मुत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ । रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नगरपालिका १० कि ६५ वर्षीया छन्चरी बिकको सनाखत भएको हो ।

अरू दुई जना पुरुषको सनाखत भैनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् जसमध्ये ११ को अवस्था गम्भीर छ ।

रुकुमबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको कालिकामालिका यातायातको बस सोमबार दिउँसो २ः२० मा सडकबाट खोलामा खस्दा ४ जनाको मृत्यु भएको हो ।

बस सडकबाट डेढ सय मिटर तल बस खसेको छ । बसमा कति जना सवार थिए भन्ने एकीन नभएको सल्यानका प्रहरी प्रमुख डीएसपी भरतबहादुर बिकले जानकारी दिए ।

घाइतेहरूको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि दाङ र बाँके लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप