मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

केकीको ‘कोहलपुर एक्सप्रेस’ : यस्तो छ ‘सिओ डब्ल्यु काउ’ गीत

सोमबार, ०८ माघ २०७४, १८ : २२
सोमबार, ०८ माघ २०७४

काठमाडौं – अभनेत्री केकी अधिकारीको निर्माणमा डेब्यु चलचित्रसार्वजनिक भएको छ । अभिनेत्री अधिकारीले बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर गीत सार्वजनिक गरेकी हुन् । 

विवाहको थिममा तयार गरिएको यो गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन् ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री रीमा विश्वकर्मा, गम्भीर विष्ट, विनोद न्यौपान र स्वयम् केकीले समेत कम्मर मर्काएकी छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ अहिले प्राबिधिक कार्यमा छ । 

विशाल भण्डारीको निर्देशन रहेको चलचिमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । 

अहिले पोस्ट प्रोडक्सनमा रहेको चलचित्र नयाँ वर्षको बैशाख महिनामा प्रदर्शनमा ल्याईने केकीले बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप