बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

मङ्गलबार, ०९ माघ २०७४, ०८ : ३१
मङ्गलबार, ०९ माघ २०७४

विराटनगर - विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ । 

प्रतियोगितामा पूर्वाञ्चलले तीन स्वर्ण, एक रजतका साथ दोस्रो र मध्यपश्चिमाञ्चलले एक रजत र दुई कास्यका साथ तेस्रो भएका छन् ।

माघ ४ गतेदेखि शुरु भएको प्रतियोगितामा पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सशस्त्र प्रहरीका गरी ८२ जना खेलाडी सहभागी रहेका थिए । 

विजयी खेलाडीलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप