मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईश्वरीगंगा धाममा कुम्भमेलाको तयारी

मङ्गलबार, ०९ माघ २०७४, ०९ : ०२
मङ्गलबार, ०९ माघ २०७४

बैतडी - बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । 

प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ । 

फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिए । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भइरहेको छ । 

फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गतेसम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिए । 

विसं २०४० देखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक शुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । 

ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । 

महाशिवरात्रिका अवसरमा लाग्ने उक्त चौथो कुम्भमेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदा रहेका भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप