शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा र फोरम नेपालको सिंहदरवारमा एमालेसँग वार्ता

मङ्गलबार, ०९ माघ २०७४, १० : ०३
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौ –राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले नेकपा एमालेसँग छलफल गरिरहेको छ ।

सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयमा भइरहेको वार्तामा राष्ट्रिय सभा चुनावकको बारेमा छलफल भइरहेको बताइएको छ ।

दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो ।

काँग्रेससँग पाँच सीटको दावी गर्ने राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग ६ सीटको दावी गरेको छ । 

काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म जानकारी गराएको छैन । माघ ६ गते यी दुई पक्षकोबीचमा कुराकानी भएको थियो ।

सो बैठकमा राजपा र फोरमले पाँच सीटको दावी गरेपछि काँग्रेसले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएको थियो । 
तर, काँग्रेसले जानकारी नदिएपछि राजपा र फोरम नेपाल वाम गठबन्धनतिर ढल्केका हुन् ।
एमालेसँग वार्ताको वतवारण बनाउने काम राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेको स्रोतको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप