शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नो उपचारका लागि उठेको रकममध्ये एक हजार डलर विष्टले ब्लड क्यान्सर पीडितलाई सहयोग गर्ने

मङ्गलबार, ०९ माघ २०७४, १० : ४०
मङ्गलबार, ०९ माघ २०७४

 भर्जिनिया । दुवै मृगौला खराव भएपछि अमेरिकामा उपचारत पप सम्राट ओम विक्रम विष्टले आफू निको भए अमेरिकामा निःशुल्क गीत गाउने घोषणा गरेका छन् । 

डिसी महानगर क्षेत्रको भजिर्नियामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले सांस्कृतिक कार्यक्रमबाट संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रममा विष्टले सो कुरा बताएका हुन् ।

गायक बिष्टले कार्यक्रम आयोजना गर्ने ईनासलाई बिशेष धन्यबाद दिएका छन् । उनले आफ्ना प्रशंसक तथा कलाकारलाई माया गर्ने सवैलाई सम्झना गरे । 

गत जनवरी २० तारिखमा सम्पन्न पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित ११ हजार डलर हस्तान्तरण गरिएको थियो । 

बिष्टले भरतपुर क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका  बिबेक आचार्यलाई आफूले प्राप्त गरेको ११ हजार डलर मध्येबाट १ हजार डलर दिने घोषणा गरेका छन् ।

बिष्टको स्वास्थ्य उपचारको सहयोगार्थ कोष वृद्धि गर्ने उद्देस्यले गरिएको सांगीतिक कार्यक्रममा कूल १६ हजार ५ सय ५ डलर उठेको थियो भने कार्यक्रममा ८ हजार ६ सय ८७ डलर खर्च भएको थियो ।

जनवरी २० तारिखमा सांस्कृतिक साँझ कार्यक्रममा १० हजार डलर दिने घोषणा गरेता पनि आज रकम हस्तान्तरण कार्यक्रममा १ हजार डलर बढाएर ११ हजार डलर प्रदान गरिएको छ । उक्त रकम गो फन्ड खाता समेत मिलाएर १६ हजार ५ सय ५ डलर भएको जनाएको छ । 

सचिव कृष्ण श्रेष्ठले यस्तो बिपतमा यस्ता कलाकारलाई समूदायको ठुलो सहयोग पाउने अपेक्षा गरिएको भएता पनि सहभागिता निकै कमजोर पुग्न गएकोमा दुःख लागेको बताए । करिव १ हजार क्षमताको कार्यक्रम स्थल भएता पनि टिकट बिक्रि कूल ३ सय ७५ मात्र भएकोले यस्तो बेलामा एक जुट हुन नसकेको र हामी यस्ता कुराम गम्भीर नभएकोमा दुख लागेको उनले बताए ।

कार्यक्रम आयोजना गर्न विशेष भूमिका निभाएका कलाकार सरोज खनालले विष्टको स्वास्थ लाभको कामना गरे । 

पप सम्राट ओम बिक्रम बिष्ट सहयोगार्थ आयोजित सांस्कृतिक साँझ नामक कार्यक्रममा स्थानीय कलाकार तथा बाह्य राज्यबाट आएका कलाकारहरु गीत तथा नृत्य प्रस्तुति गरेका थिए । कलाकारहरु सपना श्री, राम श्रेष्ठ, जगदीश समाल, पुनम प्रधान, नविन केसी, सञ्जिव प्रधान, सरिस्मा अमात्य, सुधान्सु जोशी, लुना श्रेष्ठ, पासा ब्याण्ड, सुपर मम को बिशेष प्रस्तुति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप