शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् माओवादी केन्द्रका राष्ट्रियसभा उम्मेदवार, बादलदेखि  दीनानाथ शर्मासम्म

मङ्गलबार, ०९ माघ २०७४, १४ : ००
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रले  एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना  राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ । 
माओवादी केन्द्रको शीर्ष नेताको बैठकले  मंगलबार १३ जना  उम्मेदवारको टुंगो लगाएको हो ।  
माओवादीले  नेता रामबहादुर थापा बादल र  दीनानाथ शर्मालाई पनि प्रदेश सभाको उम्मेदवार बनाएको छ । बादल प्रदेश नम्बर ३ बाट खुल्ला तर्फबाट उम्मेदवार बनेका छन्  भने दिनानाथ शर्मा प्रदेश नम्बर ४ बाट  खुल्लातर्फबाट उम्मेदवार बनेका छन् । 

माओवादीले प्रदेश नम्बर १ बाट  बीना पोखरेल (महिला) लाई उम्मेदवार बनाएको छ । यस्तै प्रदेश नम्बर २ बाट शशिकला दाहाल (महिला) लाई उम्मेदवार बनाउँदा एक जनाको नाम टुंगो लगाउन बाँकी छ । 
यस्तै प्रदेश नम्बर ३ बाट  बादलसहित  गंगा पराजुली (महिला) लाई उम्मेदवार बनाइएको छ भने प्रदेश नं ४ बाट दीनानाथ शर्मासहित  खीमकुमार बिक (दलित) लाई उम्मेदवार बनाइएको छ । 
प्रदेश नं ५ बाट राजकुमार कुंवर (अल्पसंख्यक–अपांग) र  चन्द्र बहादुर खड्का (खुला) लाई उम्मेदवार बनाइँदा प्रदेश नं ६ बाट  जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) लाई उम्मेदवार बनाइएको छ । 
यस्तै प्रदेश नम्बर प्रदेश नं ७ बाट  लालिराम लोहार (दलित) र  हरिराम चौधरी (खुला) लाई उम्मे्दवार बनाइएको छ । 

साेमबार बसेकाे माअाेवादी  शीर्ष नेता र प्रदेश ईन्चार्जहरुको बैठकले  राष्ट्रिय सभाका उम्मेद्वारहरुको नाम टुङ्गाउने जिम्मा   शीर्ष तीन नेतालाई प्रदान गरेको थियाे । 
बैठकले अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई  उम्मेदवार टुंगाे लगाउने जिम्मा दिएकाे थियाे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप