शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिचिएको सीमा क्षेत्र पुगेर वाईसीएलले गाड्यो नेपालको झण्डा

मङ्गलबार, ०९ माघ २०७४, १४ : १२
मङ्गलबार, ०९ माघ २०७४

वीरगञ्ज– पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाली भुमी भारतले मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको छ ।
आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो । भारतले सिमा मिचेको जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाड्न गएको वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए । 
महतोकोमात्रै सो क्षेत्रमा ४ कठ्ठा जग्गा भारतले मिचेको छ । महतोले त्यस वरिपरि भारतले करिब ५० बिगा जग्गा मिचेको छ ।

त्यस्तै वाइपिसएलले तराईका ६ जिल्ला न्यानो वितरण पनि गरेको छ । ६ जिल्लामा १६ सय कम्ललगायत लत्ताकपडा विरतण गरिएको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप