शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकारिता क्षेत्रमा आँच आउने काम नगरः महासंघ

मङ्गलबार, ०९ माघ २०७४, १६ : १७
मङ्गलबार, ०९ माघ २०७४

टंक कुँवर
 

टीकापुर–नेपाल पत्रकार महासंघ कैलाली शाखाको टिकापुरमा सम्पन्न बैठकले पत्रकारिता क्षेत्रमा आँच आउने गरी सामाजिक सञ्जाल र सार्बजनिक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
पत्रकारले सामाजिक सञ्जालमार्फत पत्रकारकै बदनाम हुने गरी अभिव्यक्ति दिने कार्य पत्रकारिताको मर्यादा विपरित भएको भन्दै सो कार्य बन्द गर्न आब्हान गरिएको छ ।
पत्रकारिता क्षेत्रको बदनाम हुने गरी सामाजिक सञ्जाल मार्पmत अभिव्यक्ति दिनेलाई पत्रकार महासंघको विधानतः कारबाही गरिने निर्यण गरिएको पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमालयराज जोशीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ कैलालीको मंगलबार सम्पन्न बैंठकले ह्दयघातबाट मृत्यु भएका टिकापुरका स्व.पत्रकार जयसिंह ज्यामीको परिवारलाई रु. १० हजार रुपैयाँ  आर्थिक सहयोग गरेको छ । उक्त रकम पत्रकार महासंघका अध्यक्ष स्व.ज्यामीका छोरा आयुषलाई प्रदान गरे । 
यसैगरी टीकापुर क्षेत्रमा सामाजिक सदभाव कायम गर्न सहयोग पुग्नेगरि वातावरण बनाउन सम्पूर्ण सरोकारवाला पक्षलाई महासंघले  आह्वान गरेको छ ।
त्यसै गरी टीकापुर क्षेत्रका रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न, टीकापुर उद्यानको विकास, डल्फिन क्षेत्रको संरक्षण र सत्तीमा रहेको पदमप्रकाशेश्वर महादेव मन्दिरको प्रचारप्रसार तथा संम्बद्र्धनका लागि सम्बन्धित पक्षको  बैठकबाट ध्यानाकर्षण गराएको  छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप