शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

...जव डोनाल्ड ट्रम्पले मोदीको नक्कल गरे

मङ्गलबार, ०९ माघ २०७४, १६ : २४
मङ्गलबार, ०९ माघ २०७४


एजेन्सी -अमेरिका अखवार वाँशिंगटन पोष्टले वरिष्ठ अधिकारीहरुलाई हवाला दिदै अफगानिस्तानका विषयमा भएको चर्चामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको दावी गरेको छ ।  
अखवारले अधिकारीहरुलाई हवाला दिदै अखवारले बताएको छ कि, ट्रम्प भारतीय लबजमा  बोल्नका लागि जानिन्छन् । 
अखबारले दावी गरेको छ, गत बर्ष भएको कुराकानीमा ट्रम्पले भनेका थिए, अमेरिकाले अफगानिस्तानलाई जति दिएको छ, त्यसको बदलामा बहुतै थोरै पाएको छ । यस्तो अन्य देशसँग कहिल्यै भएको थिएन । 
गत बर्ष अमेरिकी यात्राका क्रममा ट्रम्प र मोदीवीच अफगानिस्तानसमेत केही मुद्दामा छलफल भएको थियो । 
अधिकारीहरुका अनुसार ट्रम्पले भनेका थिए-मोदीको यो भनाई प्रमाण हो कि, अफगानिस्तान फाइदाको अबस्थामा भएपनि अमेरिका ठगिएको छ । 
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय लबजमा प्रधानमन्त्री मोदीको नक्कल उतार्ने विषयमा ह्वाइट हाउसले आफ्नो कुनै प्रतिक्रिया दिएको छैन् । 
डेमोक्रेटिक पार्टी के सांसद राजा कृष्णामूर्तिले मोदीको नक्कल उतार्ने ट्रंपको कथित बानीको निन्दा गरेका छन् । 
पीटीआईका अनुसार उनले भनेका छन कि, म यो पढेर हैरान भए कि ट्रम्पले कथित तरिकाले मोदीको नक्कल गरे । 
उनले भने-अमेरिकीको पहिचान उनको लवजबाट नभएर यो देशका मुल्य, मान्यता र आर्दशलाई लिएर उसको प्रतिबद्धताबाट हुन्छ । 
ट्रम्प यस्तो वानीका कारण पहिला पनि विवादमा आएका थिए । 
तर, ह्वाइट हाउसले वाँशिंगटन पोष्टका यस्ता समाचारको खारेज गर्दै आएको छ । ट्रम्पले वाँशिंगटन पोष्टमाथि फेक न्यूज दिने गरेको आरोप लगाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप