बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो १७ औं सशस्त्र प्रहरी दिवस, ९ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०९ माघ २०७४, १६ : ५९
मङ्गलबार, ०९ माघ २०७४

    काठमाडौं– ‘सत्रौं सशस्त्र प्रहरी दिवस २०७४’ मंगलबार एक विशेष कार्यक्रमका बीच मनाइएको छ । 
    सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक, स्वयम्भुमा आयोजित  विशेष समारोहका प्रधानमन्त्री शेरबहादुर देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पगुच्छा चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे । 

    उक्त विशेष समारोहमा मुख्यसचिव लोकदर्शन रेग्मी लगायत विशिष्ट अतिथिले समेत श्रद्धाञ्जली अर्पण गरे । 
    कर्तव्यको बलिबेदीमा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीहरुको सम्झनामा उक्त विशेष समारोहमा शोक सलामी अर्पण गर्नुका साथै एक मिनेट मौनधारणा समेत गरिएको थियो ।     


    
सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले यसवर्षको उत्कृष्ट गण रनिङ्ग अवार्ड प्राप्त गर्ने सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवँर र उत्कृष्ट सीमा सुरक्षा कार्यालय रनिङ्ग अवार्ड प्राप्त गर्ने सीमा सुरक्षा कार्यालय  सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ऋषीदेव कार्कीलाई अवार्ड प्रदान गरे । 


    उनले  सोही समारोहमा संगठनमा लामो समय सेवा गरी अनिवार्य अवकाश पाएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरे । 
    समारोहलाई सम्बोधन गर्दै देउवाले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंशा गरे । 


    
    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले स्थापनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल नेपाल देश र जनताप्रतिको सेवा र समपर्णका कारण जनमानसमा परिचित रहेको चर्चा गरे । 


    यसैबीच  दिवसकै  अवसरमा प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु गरी ६० जनाले रक्तदान गरेका छन् ।


    

     यता  सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गरेका  सशस्त्र प्रहरी अधिकृतहरुलाई स–सम्मान विदाई समेत गरेका छन् । 
    उनले विभिन्न समयमा मृत्यु भएका  सशस्त्र प्रहरी कर्मचारीका १७ जना परिवारलाई कदरपत्र तथा सशस्त्र प्रहरी बल नेपालमा वर्षभरी उत्कृष्ट कार्य गर्ने ११ जना राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै विभिन्न समयमा नेपाल सरकारबाट विभिन्न विभूषण द्वारा विभूषित ३० जना एपीएफ अधिकृत तथा जवानहरुलाई उक्त विभूषणद्वारा शुशोभित गरे । 


    अमर सशस्त्र प्रहरी कर्मचारीका ३२ जना सन्ततीहरुलाई सोही अवसरमा जनही २४ हजार रुपैयाँको दरले छात्रवृत्ति रकम समेत प्रदान गरिएको छ । 
यस्तै     श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नुका साथै नगद १० हजार रुपैयाँसहित पुरस्कृत पनि गरे । 


 यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नुका साथै उनको एक सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप