शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढोरपाटन महिला लिग भलिबलः नेपाल पुलिसको दोश्रो हार

मङ्गलबार, ०९ माघ २०७४, १८ : ३५
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौं– १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो हार ब्यहोरेको छ ।  यसअघि एपीएफसँग हारेको पुलिसले मंगलबारको खेलमा न्युडायमण्ड एकेडेमीसँग पराजय भोग्यो ।  गोंगबुस्थित नयाँ बसपार्कको कोर्टमा भएको खेलमा न्युडायमण्डले पुलिसलाई ३–१ को सेटमा हरायो ।

पहिलो र दोस्रो सेटमा २५–१७ र २५–१५ को सहज जित निकालेको न्युडायमण्डलाई तेस्रो सेटमा भने पुलिसले बलियो चुनौती दियो । तेस्रो सेट पुलिसले २९–३१ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेटमा न्युडायण्ड पुनः खेलमा फर्किँदै २५–१७ ले विजयी भयो ।

मंगलबारकै अर्को खेलमा श्रीगाउँ खेलकुद विकास समितिले पारामाउण्ट हाइ स्कुललाई र टप्स स्कुलले मेघौली स्पोर्टस क्लबलाई समान ३–० को सहज सेटमा पाखा लगाए । यस्तै, पूर्वाञ्चल भलिबल संघको टिमले न्युडायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप