दोश्रो विश्वयुद्धमा भएको नरसंहारबारे काठमाडौंमा यस्तो छलफल
काठमाडौ– द्वन्द्वको समयमा भएका मानवअधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा नेपालस्थित कूटनीतिक समुदाय र मानवअधिकार रक्षकहरूले जोड दिएका छन् । दोस्रो विश्वयुद्धका बेला मारिएका दशौँ लाख यहुदीको सम्झना गर्दै होलोकोष्ट स्मृतिका सन्दर्भमा यहाँस्थित संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, जर्मनी तथा इजरायलद्घारा संयुक्तरुपमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले होलोकोष्ट स्मृति दिवसले विगतका आमसंहारलाई पुनर्ताजगी गरेको बताए ।
नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफरले इतिहासमा भएको दुःखद् घटना जर्मनीका लागि लज्जास्पद भएको उल्लेख गरे । क्याम्बोडिया, रुवाण्डा, बोस्नीया, डार्फरसहित जर्मनीमा भएका त्यसबेलाका आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोष्ट स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ