शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा धन्दावालहरुको पकड मजस्ताका लागि कष्टकर भयो : नारायणकाजी

मङ्गलबार, ०९ माघ २०७४, १८ : ५४
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली राजनीति यतिबेला धन्दावालहरुको पकडमा पुगेको बताएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा लामो स्टाटस लेख्दै नेता श्रेष्ठले राजनीतिलाई व्यवसाय ठान्ने धन्दावालहरुको पकड बलियो बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

राजनीतिक दलहरुले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु चयन गरिरहँदा नेता श्रेष्ठको यस्तो टिप्पणी आएको हो ।

उनले धन्दावालहरुका कारण राजनीतिलाई मुक्तियात्रा ठान्ने आफूहरु जस्ताहरुलाई कष्टकर भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् :

मानव जीवन मुक्ति यात्रा हो । जसले यो सत्य लाई आत्मसात गर्छ, उसले सार्थक जीवन बाँच्छ । जसले यो बुझ्दैन, उ बाँच्छ मात्र, मुक्तियात्रा बाट बिचलित हुन्छ र मुक्ति टाढा जान्छ । जसले राजनीतिलाई मुक्तियात्राको अङ्गको रुपमा लिन्छ, उसको लागि राजनीति सत्य, न्याय, परिवर्तन र जनसेवाको निम्ति हुन्छ ।

राजनीतिलाई मुक्तियात्राको रुपमा नलिनेहरुका निम्ति राजनीति एक व्यबसाय,व्यापार र धन्दा मात्र हो । मुक्तियात्राको महत्वपूर्ण अङ्गको रुपमा राजनीतिमा क्रियाशील म जस्ताका लागि  धन्दावालहरुको पकडको अहिलेको राजनीति निकै कष्टकर छ । तर सोच्छु, यो राजनीति फेर्न त म राजनीतिमा छु र फेरि अघि बढ्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप