बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

८.२ रेक्टर स्केलको भूकम्पले हल्लायो अलस्का, सुनामीको चेतावनी

मङ्गलबार, ०९ माघ २०७४, १८ : ५७
मङ्गलबार, ०९ माघ २०७४

एजेन्सी– उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।  अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ । 

अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको विभागले जनाएको छ ।  उत्तरपश्चिमी प्यासिफिक सुनामी सचेतना केन्द्रले पनि भूकम्पपछिको प्रारम्भिक अनुसन्धानपछि भूकम्प प्रभावित क्षेत्रमा ‘खतरनाक तथा विशाल सुनामीका छाल’ आउने बताएको छ । 

उक्त क्षेत्रका नागरिकलाई जमिनका अग्ला सतहमा गई शरण लिन निर्देशनसमेत गरिएको छ ।  यद्यपि भूकम्पका कारण भएका ठूला क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप