बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शीतलहरले मुसहर समूदायको जनजीवन कष्टकर

बुधबार, १० माघ २०७४, १४ : ३१
बुधबार, १० माघ २०७४

रौतहट – शीतलहरका कारण  रौतहटको कटहरिया नगरपालिकाका मुसहरहरुको जनजीवन कष्टकर बनेको छ । 
नगरपालिकाको वडा नम्बर ९ मुसहरी टोलका  बासिन्दा सामान्य ओढ्ने ओछ्याउने समेत नहुँदा कष्टकर जीवनयापन गर्न बाध्य भएका हुन् । 
करीव ६० घरधुुरी रहेको मुुसहर समुदाय दशकौं देखि अभावै अभावमा बाँच्दै आएको छ । 
शीतलहरका कारण उनीहरुले दिनभरी जसोतसो गरेर आगो तापेर बिताउने भएपनि रातीको निकै सकस पर्ने गरेको गिता देवी मुसहरीनले बताइन् । 

‘सिंगै टोलमा कसैको सिरक छैन  । राती बालबच्चाहरु खरले बनाएको स्यानो झुुप्रोमा पातलो सल ओढर छिर्छन,माथी बाट परालले छोपी दिन्छुु यसरी नै जाडोको रात कट्ने गरेको छ’, उनले भनिन् । 

टोलका महिलाहरुले स्थानीयको खेतमा ज्यामी गर्ने र पुुरुषहरुले ईटाभटामा काम गरेर जिवकोपार्जन गर्नेगरेको गिता मुसहरीनले बताइन् । 
चिसोको कारण बच्चाहरुलाई पटक पटक निमोनिया, रुघा खोकी जस्ता समस्या देखिएको पनि उनले बताइन् । 
अन्य स्थानमा  राहत वितरण गरिएको भएपनि आफ्नो समूदायमा अहिलेसम्म कोहि पनि नआएको  उनीहरुको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप