मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले उम्मेद्वारहरु मनोनयन पत्र दर्ता गर्नबाट बञ्चित

बुधबार, १० माघ २०७४, १४ : ५७
बुधबार, १० माघ २०७४

ललितपुर–तीन नम्बर प्रदेशका लागि राष्ट्रियसभा उम्मेद्वारी दर्ता गर्न पुगेका एमाले उम्मेद्वारहरुले आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि मनोनयपत्र दर्ता गर्नबाट बञ्चित भएका छन् । जिल्ला निर्वाचन आयोगले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा उपलब्ध गराउन नसकेपछि एमालेका पाँच उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्न नसकेका हुन् । 

ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र बुझाउन पुगेका एमाले उम्मेद्वारहरु बलराम बास्कोटा, यदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा र रामचन्द्र राई जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउने मतदाता नामावलीमा समावेश भएको निस्सा नलिई कार्यालय पुगेका थिए । 

मनोनयनपत्र दर्ता गर्न नपाएपछि उनीहरुले अहिले जिल्ला निर्वाचन कार्यालयबाट निस्सासहितका कागजात लिएर जाने तयारी गरिरहेको जनाइएको छ । एमालेकै दिलकुमारी थापा रावलले भने उम्मेद्वारी दर्ता गराएकी छन् । उता माओवादी केन्द्रका उम्म्द्वार रामबहादुर थापा बादल र गंगा पराजुलीले भने उम्मेद्वारी दर्ता गराइसकेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वारहरुल अहिलेसम्म उम्मेद्वारी दर्ता गर्न पुगेका छैनन् ।     
उम्मेद्वारी दर्ता गरेर निस्किएलगत्तै नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तीव्रता दिन लागि पर्ने प्रतिबद्धता  समेत व्यक्त गरेका छन् । उनले बाम गठबन्धनको साझाघोषणा पत्रमा उल्लेख भएअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यसक्रममा वरिष्ठ नेता थापाले समाजवाद निर्माणको आधार तयार पार्ने योजना पनि सुनाए ।

पूर्व रक्षामन्त्रीसमेत रहेका थापाले मुलुकको गरिमालाई अझै उचाईमा पुर्याउने दायित्व पनि आफूहरुमाथि रहेको स्पष्ट पारे । प्रतिनिधिसभामा आफ्नो क्षेत्रबाट उम्मेदवारी नपाएका थापा प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका हुन । वरिष्ठ नेता थापालाई राष्ट्रियसभा अध्यक्षका रुपमा समेत चर्चा गर्न थालिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप