शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

बुधबार, १० माघ २०७४, १५ : ०३
बुधबार, १० माघ २०७४

बैतडी– बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।  घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । 

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जिप सिउडे बजार नजिकै आज १२ः१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप