बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर १ मा को बन्ला मुख्यमन्त्री ? एमाले नेता शेरधन राईले दिए यस्तो संकेत

बुधबार, १० माघ २०७४, १५ : १०
बुधबार, १० माघ २०७४

काठमाडौं– नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री शेरधन राईले आफू प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने दावी गरेका छन् । नेता राईले प्रदेश नम्बर १ का प्रदेश सभाका सदस्यहरुले आफूलाई मुख्यमन्त्री बनाउने विश्वास व्यक्त गरेका हुन् ।

प्रदेश नम्बर १ मा एमालेका सचिव भीमप्रसाद आचार्यले पनि मुख्यमन्त्रीमा दावी गरिहेका छन् । सोही बीचमा नेता राईले प्रदेशसभाका सदस्यले आफूलाई मुख्यमन्त्री बनाउने विश्वास व्यक्त गरे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पर्यटन र उर्जा क्षेत्रको विकास गरी प्रदेश नम्बर १ लाई समृद्ध बनाउने योजना पनि अघि सारे । भोजपुरबाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित नेता राईले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने पनि बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप