मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा अघिल्लो वर्षभन्दा दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

बुधबार, १० माघ २०७४, १५ : १६
बुधबार, १० माघ २०७४

चितवन– आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । 

कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो ।  “लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,” उनले भने । कार्यालयले गत आवको पुस मसान्तसम्ममा रु ६ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो । 

विगत ६ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए । 

बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उनले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप