केन्द्रीय संस्करण

सात नम्बर प्रदेशसभाको बैठक आह्वान

person access_timeमाघ ११, २०७४ chat_bubble_outline0

धनगढी– ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् ।  यहाँस्थित जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिए । 

सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा ९माओवादी केन्द्र० का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X