शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६९ बर्षकी हजुरआमाकाे यस्तो क्याटवाक !

बुधबार, १७ माघ २०७४, १३ : २४
बुधबार, १७ माघ २०७४

युवा अवस्था नै सबै थोक होइन र यसलाई सावित गरेकी छन् ६९ वर्षीय मोडल मेये मस्कले ।

फेसन उद्योगको एक मञ्च ‘फेसन स्पोट’का अनुसार न्युयोर्क, पेरिस, मिलान र लन्डनमा भर्खरै सम्पन्न ‘स्प्रिङ २०१८’ फेसन सोमा ५० र ६० उमेरका मोडलको रेकर्ड सङ्ख्या देखिएको थियो । 
तर के यसको मतलब यो हो कि फेसन उद्योगमा हुने जुन सुन्दरता र उमेरलाई लिएर गरिने परिपाटी तोडिँदै जाँदै छ ?

६९ वर्षीय मोडल मेये मस्क टेस्ला कम्पनीकी संस्थापक र अरबपति एलन मस्ककी आमा हुन् । उनी भन्छिन्– “मैले पछिल्लो ५० वर्षमा कहिल्यै यति काम गरेको थिइनँ, जति २०१७ मा गरेँ ।”

क्यानडामा जन्मिएर मेयेले दक्षिण अफ्रिकामा १५ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । तर हाल केही वर्षदेखि मेयेको करियरमा उभार आएको छ ।
मेये मस्कले आई.एम.जी. मोडलसँग सम्झौता गरेकी छिन् । आई.एम.जी. मोडलसँग जिसैल बुन्दस्न र जीजी हदिद पनि जोडिएका छन् । 

उनी न्युयोर्क म्यागजिन, एल क्यानडा र बोग कोरियाको कवर पेजमा रहिसकिन् । उनी अमेरिकी कस्मेटिक कम्पनी कभरगर्लको सबैभन्दा उमेरदार ब्रान्ड अम्बेस्डर रहिसकिन् ।

१० जना नाति–नातिनी रहेकी मेये मस्कलाई लाग्छ कि प्राकृतिक रूपमा आफ्नो कपाल कैलो भएकाले आफ्नो करियरमा निक्कै सहयोग भएको छ । मस्कले दुई विषयमा मास्टर डिग्री गरेकी छिन् र उनी आफै एक आहार विशेषज्ञ हुन् । उनी भन्छिन्– “म सधैँ बिहान आफ्नो खाना र नास्ताको योजना बनाउँछु नत्र मेरो वजन बढ्छ ।”

“फेरि यसलाई कम गर्न मलाई दुई हप्ता लाग्छ । ब्रिटेनको हिसाबमा मेरो साइज ८ हो । यसैले म दुब्ली–पातली छैन । ”

‘अल वाक वियोन्ड द क्याटवाक’ की निर्देशक डेब्रा बार्न बताउँछिन् कि फेसनमा यो एक यस्तो पहल हो जो वर्ण, उमेर, शारीरिक विविधता आदिलाई बढावा दिन्छ । पाको उमेरमा मोडलिङमा सफलता पाउन सामाजिक सञ्जालको धेरै ठूलो हात छ ।

मनोचिकित्सक र पूर्व फेसन एडिटर बोर्न भन्छिन्– “इन्स्टाग्राम जस्तो सामाजिक सञ्जाल प्लेटफर्मको कारण उमेरदार महिला मोडललाई धेरै सफलता मिलेको छ ।”

खास गरेर मस्कको मामलामा हेर्ने हो भने उनी नियमित आफ्नो फोटाहरू इन्स्टाग्राममा हालिरहेकी हुन्छिन् । उनको इन्स्टाग्राममा ९०,००० फलोअर्स छन् ।
मस्क भन्छिन्– “उमेर बढेसँगै प्रतियोगिता कम हुन्छ नै तर जागिर पनि कम हुन्छ । यदि तपाईं लगातार काम गर्नुहुन्छ र आफ्नो कामलाई सामाजिक सञ्जालमा हालिरहनुभयो भने तपाईंको फलोअर्सहरू पनि बढ्छन् ।”

“साथमा तपार्इंले सीधा बुकिङ पनि पाउन सक्नुहुन्छ र यसले तपाईंलाई अडिसनमा जाने जरुरत पनि पर्दैन ।”

३५ भन्दा बढी उमेरका मोडलमा केन्द्रित रहने ग्रे मोडल एजेन्सीकी संस्थापक रेबेका वेलेंटाइन भन्छिन्– “मलाई लाग्छ र अरू कैयौँ डिजाइनर पनि के मान्छन् भने वर्तमानमा कैलो कपाल भएका मोडलमा अधिक फोकस छ र यो अझ केही वर्ष ट्रेन्डमा रहन्छ ।”

‘पुराना आवादीको नयाँ तरिका’बाट प्रतिनिधित्व गर्ने ग्रे मोडल्स लन्डनमा रहेको छ र यो एजेन्सी २०१५ मा लन्च भएको हो । ग्रे मोडल्सले ‘लन्डन फेसन सप्ताह’ र हङ्गर म्याग्जिनको साथ काम गर्ने गर्छ । यसले विव्येन वेस्टबुड, सारा स्टोकब्रिज र ८२ वर्षीय फ्रान्सेस डन्सकोम्बलाई पनि प्रतिनिधित्व गर्छ । एजेन्सीको सबैभन्दा उमेरदार मोडल्स हुन फ्राँसेस डन्सकोम्ब ।
वेलेंटाइन अनुभवी फोटोग्राफर एजेन्ट पनि हुन् । उनी पाका मोडलहरूको बढिरहेको मागबारे भन्छन्– “यो बजारको माग हो, जहाँ पहिलो पटक पाका मोडलको एक समूह खाली बस्न र चुप रहन अस्वीकार गरिरहेका छन् ।”

उनी अगाडि बताउँछन्– “यो सब विद्रोही, बेपरवाह, समलैङ्गिकता बारे खुल्न थालेको पुस्ता हो । उनीहरू आजसम्म सुन्दै आइरहेका थिए तर अब उनीहरूले चिच्याउन र माग राख्न पनि सिकेका छन् ।”
उनी के स्वीकार्छिन् भने यो उद्योग अब ट्रेन्डका रूपमा सही उनीहरूलाई अङ्गिकार गरिरहेको छ तर चुनौती अझै बाँकी छ, “उनीहरू देख्न सक्छन्, यो पुरानो परम्परा तोड्नु पहाड तोडे जस्तै हो ।”
उनी भन्छिन्– “कामको समय सकारात्मकता र जोशले भरिपूर्ण यस्ता मान्छेको साथ हुँदा अद्भूत महसुस हुन्छ ।”
तर फेसन उद्योगका बाँकी विशेषज्ञ पाका उमेरका महिलालाई यो व्यवसायमा स्वीकार्न त्यति सहज मानिरहेका छैनन् । 
पेरिसस्थित साइलेन्ट मोडलिङ एजेन्सीका सह–संस्थापक विंसेट पिटर भन्छिन्– “तपाईं पाका महिलाहरूलाई ढल्कँदो उमेर छोप्ने क्रिमको विज्ञापनमा त देखाउन सक्नुहुन्छ तर तिनले माथिल्लो स्तरको जागिर पाउने सम्भावना हुँदैन ।”


“अपवादलाई छोड्ने हो भने मुस्किलले उनीहरू क्याटवाक गर्छन् । मैले यहाँ अहिले कुनै ट्रेन्ड देखेको छैन ।”

हुनसक्छ फेसन उद्योगले पाका उमेरका मोडलसँग आउने दिनमा काम गर्न छाड्लान् तर मस्क आफ्नो ७० को दशकमा पनि काम संसारभर काम जारी राख्दै यसलाई अझ सुधार्ने आशा गर्छिन् ।
उनी भन्छिन्– “म्यागजिन र डिजाइनरहरू पाका महिलाहरूका असल कथामा ध्यान दिनथाल्नु आश्चर्य हो ।”

“युवा मोडलहरू मलाई यो उमेरमा पनि काम गरिरहेको देख्दा खुसी हुन्छन् । सायद यसले उनीहरूमा आफ्नो भविष्यप्रति आशा उत्पन्न गराइदिन्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप