लियोनेल मेस्सीले पाँच वर्षको हुँदा जसलाई भेटेका थिए, उसैसँग गरे विवाह (फोटोफिचर)
संसारभरी चर्चित लियोनेल मेस्सीले आफ्नी बालसखा एवं प्रेमिकालाई एन्टोलेना रोकुजोसँग विवाह गरेका छन् । स्प्यानिश फुटबल क्लब बार्सिलोनाका लागि खेल्ने मेस्सीको विवाहमा थुप्रै सेलिब्रिटी अर्जेन्टिना पुगेका थिए । मेस्सीको गृहजिल्ला रोसेरियोको सबैभन्दा उत्कृष्ट होटल कसिनोमा उनीहरुको विवाह भएको हो ।
एक अर्कालाई विगत २५ वर्षदेखि चिनेको यो जोडीले आफ्नो विवाहमा मोबाइल फोन प्रतिबन्ध गरेका थिए । होटलका कर्मचारीलाई गोपनियताको शपथ खुवाइएको थियो भने ४ सय ५० पुलिस अधिकारी तैनाथ गरिएका थिए ।
ड्रेस दोहोरिएर हुने झगडालाई रोक्नका लागि महिला अतिथीलाई तीनवटा ड्रेस ल्याउन आग्रह गरिएको थियो भने पुरुष अतिथीलाई तीन भिन्न प्रकारका सर्ट ।
अर्जेन्टिनाका पूर्व र म्यान्चेस्टर सिटीका डिफेन्डर मरिन डेमिचेलिसकी श्रीमती र प्लेब्वईं मोडल इभान्जेलिना एन्डरसनले पाँचवटा ड्रेस ल्याएको बताइएको छ ।
यस्तै मेस्सीजस्तै देखिने उनका एक सुपरफ्यान ब्राजिलका एलेक्सले मेस्सीले विवाह गरेकै समयमा श्रीमतीलाई विवाह गर्नका लागि रोसेरियो आएको बताएका छन् । उनले मेस्सीको विवाह भइरहेको होटल बाहिर श्रीमतीसँग पुनः विवाह गरे ।
मेस्सी र एन्टोनेलाले जेठो छोरा थियागोको अगाडि विवाहको कसम खाए । जोडीलाई श्रीमान श्रीमती घोषणा गरेपछि निलो अर्मानी सुट लगाएका मेस्सीले श्रीमतीलाई चुम्बन गरे र छोराको टाउको सुम्सुम्याए ।
पाँच वर्षको उमेरमा भएको थियो पहिलो भेटघाटः
मेस्सी र रोकुजो बाल्यकालमा छिमेकी थिए । पाँच वर्षको उमेरमा मेस्सीले पहिलो पटक रोकोजालाई देखेका थिए । त्यसपछि मेस्सी १३ वर्षको उमेरमा स्पेन गए जहाँ उनले फुटबल क्लब बार्सिलोना ज्वाइन गरे तर दुबै सधैं सम्पर्कमा रहन्थे । उनीहरुको दोस्ती प्रेममा परिवर्तन हुन बेर लागेन । सन् २००८ मा मेस्सी र रोकोजो सँगै बस्न थाले । उनीहरुका दुई छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि