मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वमन्त्री प्रकाशशरण महतको जीवन : ग्रहदशा बिग्रेकाले चुनाव हारियो

आइतबार, २१ माघ २०७४, ११ : ५५
आइतबार, २१ माघ २०७४

अर्थशास्त्रमा अमेरिकाबाट विद्यावारिधि गरेका डा. प्रकाशशरण महतले पटक–पटक मन्त्रीको भूमिका निर्वाह गरेका छन् । डा. महतको आर्थिक विश्लेषण र परराष्ट्रसम्बन्धी आलेख पढ्न पाइन्छन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका  डा. प्रकाशशरण महतसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 
 

मेरो खाना
खानेकुरामा सरल छु । खानेकुरामा विशेष रुचि छैन । नेपाली खाना दाल, भात, तरकारी भए पुग्छ । साग, च्याउ, गुन्द्रुक र मस्यौरा पनि मन पर्छ । माछा, मासु र अन्डा खान्न । कहिलेकाहीं साथीभाइसँग रेष्टुरेन्ट पुग्छु । विद्यार्थीजीवनमा पकाए पनि हिजोआज भान्छा पस्न परेको छैन । 
 

मेरो पोसाक
कपडा लगाउन सोखिन छैन । सामान्यतया सर्ट–पाइन्ट लगाउँछु । श्रीमतीले किनिदिने भएकाले कपडामा वार्षिक खर्च कति हुन्छ भन्ने थाहा छैन । औपचारिक पदमा रहँदा दौरा–सुरुवाल र भादगाउँले टोपी लगाएँ । नीलो रङको कपडा मन पर्छ । ‘रेडिमेड’ कपडा धेरै प्रयोग गर्छु । कपडाको ब्रान्डबारे त्यति सचेत छैन । 

मेरो फिटनेस
प्रतिनिधि–प्रदेशसभा निर्वाचनपछि शारीरिक अभ्यास नियमित गर्न सकेको छैन । पहिले जिमखाना जाने, ट्रेडमिलमा दौडिने र पौडी खेल्थें । योगा, प्राणायाम पनि गर्थें । ‘मर्निङवाक’ निस्कन्थें । अब निरन्तरता दिँदै छु । खानपान सामान्य भएकाले ‘डाइटिङ’ छैन । थोरै खान्छु, तर, खाइरन्छु । 

मेरो अध्ययन
निर्वाचनपछि पत्रपत्रिकाबाहेक किताब पढेको छैन । म अर्थशास्त्रको विद्यार्थी भएकाले इन्टरनेटमा अर्थसम्बन्धी नियमित जर्नल पढ्छु । अर्थ, राजनीतिसम्बन्धी सामग्री पढ्न छुटाउँदिनँ । निर्वाचनपछि लेखेको छैन । अब लेखपढमा समेत केन्द्रित हुनेछु । मेरो निजी पुस्तकालयमा चार–पाँच सय किताब होलान् । सालिन्दा १०–२० हजारको किताब किन्ने गरेको छु । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै अभिरुचि छ । नयाँ–नयाँ ठाउँ पुग्न, त्यहाँको सामाजिक, भौगोलिक परिवेश, आर्थिक र सामाजिक विषय बुझ्न मन लाग्छ । दुई–चारवटा छाडेर नेपालका सबै जिल्ला पुगेको छु । 
धेरै देश घुमेको छु । घुमेकामध्ये नेपाल नै मन पर्यो । नेपालजस्तो विविधता अन्य देशमा छैन । विदेश घुम्दा स्थानविशेषअनुसार मात्रै राम्रो लाग्ने गर्छ । अफ्रिकाको केही देश र दक्षिण अमेरिका घुम्ने रहर छ । 


मेरो फुर्सद
राजनीतिक नेताको नियमित जीवन हुँदैन । पश्चिमा मुलुकजस्तो नेपालका राजनीतिक नेताले एक वर्षपछिको क्यालेन्डर तयार गर्दैनन् । सम्भव पनि हुँदैन । बिहानैदेखि भेटघाट सुरु हुन्छ । सानो ठूलो काममा जुटिइरहनुपर्छ । व्यस्त रहे पनि मोबाइल बन्द गरेर आराम गरौं भन्ने लाग्दैन । अपरिचित नम्बरबाट आएको फोनसमेत उठाउँछु । उठाउन नसक्दा सकेसम्म ‘कलव्याक’ गर्छु । फुर्सद पाइहालेमा गाउँको घर नुवाकोट पुगिहाल्छु । साथीभाइ, इष्टमित्र, कार्यकर्तासँग भेट्न त छँदै छ । 

मेरो खेलकुद
हेर्न फुटबल र क्रिकेट मन पर्छ । केटाकेटीमा फुटबल र व्याडमिन्टन खेलेको थिएँ । सबै खेलप्रति सम्मान छ । विदेशमा जस्तो नेपालमा नियमित फुटबल प्रतियोगिता हुँदैन । कहिलेकाहीं विदेशी प्रतियोगिता हेर्छु । इन्डिया र अस्ट्रेलियाको क्रिकेट हेर्छु । 

मेरो मोबाइल
निर्वाचनपछि दुई मोबाइल सेट प्रयोग गरेको छु । एउटा आइफोन, अर्को नोकियाको सामान्य सेट हो । आइफोन साथीले उपहार दिएका हुन् भने नोकियाको तीन–चार हजार रुपैयाँ परेको थियो । मोबाइलका एप्लिकेसनमध्ये भाइबर, वाट्स्याप, फेसबुक, ट्वीटरलगायत प्रयोग गर्छु ।
धेरैजस्तो आइप्याडबाट अनलाइनका समाचारलगायत आफूलाई आवश्यक सामग्री पढ्छु । 

मेरो टेलिभिजन
टीभीमा समाचार हेर्छु । त्यसबाहेक डिसकभरी च्यानल हेर्न जाँगर चल्छ । बिहान, बेलुका टीभी हेर्ने साइत जुर्छ । घरमा १९–२० इन्चको सामसुङको टीभी छ । 

मेरो चलचित्र
केही समयअघि साथीको छोरोको चलचित्र हेर्न गएको थिएँ । नामचाहिँ बिर्सें । कहिलेकाहीं ‘च्यानल चेन्ज’ गर्दै जाँदा टीभीमा आएको चलचित्र हेर्छु । हेरेकामध्ये फादर अफ द ब्राइट, सोलेलगायत मन परेको थियो । कलाकारमा अमिताभ बच्चन मन पर्छ । नेपाली चलचित्र धेरै हेरेको छैन । 

मेरो रोग
खानपान सादा भएकाले स्वास्थ्यमा समस्या छैन । रक्तचाप अलि कम छ । दीर्घ रोगले समातेको छैन । समय–समयमा ‘होलबडी चेकअप’ गराउँछु । खानपानबाहेक त्यतिबेला गाउँमा गरेको उकाली–ओह्रालीले अहिलेसम्म स्वस्थ रहेको हुँ । 

मेरो भाषणशैली
विषयवस्तुबारे जानकारी भए भाषण सशक्त हुन्छ तर कहिलेकाहीं विषयवस्तुबारे जानकारी नहुँदा र त्यस्तै वातावरण हुँदा कामचलाउ भाषणमात्रै हुन्छ । म ठिकै भाषण गर्छुजस्तो लाग्छ । हामी भाषणमा धेरै कुरा गर्छौं तर निष्कर्ष केही पनि आउँदैन । सकेसम्म विषयवस्तुमा केन्द्रित रहेर आफ्नो कुरा सिधा राख्ने प्रयत्न गर्छु । सिधा कुरा राख्दा कतिपय अवस्थामा अलोकप्रिय मानिइ पनि त्यसैबाट उसले पहिचान बनाएको हुन्छ । 
भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । सत्य कुरा बोल्दा कतिपयलाई मन नपर्ने सक्छ । भाषण गर्नअघि तयारी गर्दिनँ । तर, यी–यी कुरा बोल्छु भनेर दिमागमा ‘सेट’ गर्छु ।

मेरो मापसे
विद्यार्थीजीवनमा मादक पदार्थको स्वाद चाखेको थिएँ । तर, नियमित पिएको होइन । पछिल्लो समय एक गिलाससम्म वाइन लिन थालेको छु । 

मेरो संगीत
गीत–संगीत सुन्ने अभिरुचि छ । श्रीमती गीतकार हुन् । उनको तीन गीतिएल्बम सार्वजनिक भइसकेको छ । मैले पनि एउटा गीत गाएको छु । नारायण गोपाल, दीप श्रेष्ठ, दीपक खरेललगायतको आवाज कर्णप्रिय लाग्छ । कहिलेकाहीं गुनगुनाउँछु । 

मेरो भूल
पश्चाताप लाग्नेगरी गल्ती गरेको सम्झना छैन । आठ कक्षा पढ्दा ‘मनिटर’ थिएँ । आफ्नो कक्षामा कसैले गल्ती गरे मनिटरले सजाय दिनुपथ्र्यो । कतिपय अवस्थामा आफ्नै कक्षाका साथीलाई सजाय बिस्तारै दिँदा उल्टै कारबाहीमा परेको थिएँ । 

कहिलेकाहीं गल्ती नगरी सजाय पाउनु अस्वाभाविक होइन । मेरो जीवनमा पनि त्यस्तो भएको छ । कलेजमा आन्दोलन गरेको भन्दै मलाई सुरक्षाकर्मीले समाते । मलाई हनुमानढोकामा राखिएको थियो । म समातिएको विरोधमा कलेजमा तोडफोड भएछ । कलेज तोडफोडमा संलग्न भएको भन्दै मेडिसिन कलेज डीनले मलाई ६ महिना ‘सस्पेन्स’ गरे । तर, म तोडफोडमा संलग्न थिइनँ । म समातिएपछि कलेज तोडफोड भएको थियो । त्यतिबेला मलाई विनागल्ती कारबाही गरिएको थियो । म छुटेपछि वास्तविकता बताउँदा डीनले आँसु खसालेका थिए । 

मेरो घर
मेरो नुवाकोट र काठमाडौंमा घर छ । काठमाडौंको घर संवत् २०५६ मा बनाएको हुँ । विद्यावारिधि गर्न अमेरिका जाँदा श्रीमती लगेको थिएँ । उनले कमाएको पैसा बचाएर घर बनाएको हो । त्यतिबेला ३०/३५ लाखमा काठमाडौंको घर ठडिएको थियो । 

मेरो राशी
मेरो राशी सिंह हो । म आफैंले ग्रहदशा हेराउँदिनँ । श्रीमतीले यदाकदा हेराउँछिन् । ग्रहदशा ठीक नएर होला निर्वाचनमा हारियो । देब्रेहातमा राशीअनुसार र सुरक्षाका लागि औंठी हुँ । संसार विश्वासले चलेको छ । केहीमा पनि विश्वास गरिएन भने अराजकता बढ्छ । 

मेरो सौन्दर्यचेत
केश फुल्न थालेकाले कहिलेकाहीं मेहेन्दी लगाउँछु । एकपटक फेसियल गरेको थिएँ । अनुहार सुख्खा हुँदा क्रिम लगाउने बानी छ । आक्कलझुक्कल पफ्र्युम प्रयोग गर्छु । जिमखाना जाँदा साउना बस्छु । 

मेरो प्रेम
हामी दुवै विद्यार्थी राजनीतिमा थियौं । चिनजान भयो । बिस्तारै एकले अर्कालाई मन परायौं । कसले प्रेम प्रस्ताव राख्यौं, सम्झना छैन । 

मेरो सपना
नेपालको परिचय भनेकै विविधता हो । यहाँ भौगोलिकमात्रै नभएर सांस्कृतिक विविधता छ । पूर्वाधार निर्माण गर्न सक्यौं नेपाल संसारकै सुन्दर देश बन्न सक्छ । त्यसका लागि राजनीतिकमात्रै होइन, कानुनी शासन सुनिश्चित हुनुपर्छ । त्यतिभए देश समृद्ध बनाउन समय लाग्दैन । मैले जिम्मेवारी पाउँदा आफूले सक्ने काम गरेको छु । 

सम्बन्धित मानिस जुन क्षेत्रमा सम्बद्ध छ, त्यसको माथिल्लो तहमा पुग्ने जोकोहीको आकांक्षा हुन्छ । म पनि त्यसबाट अछुतो छैन । आफूले पाउने भूमिका समर्पण, इमानदारी र अभिरुचिपूर्वक काम गर्न प्रतिबद्ध छु । 

मेरो मृत्यु
मृत्युभन्दा अर्को सत्य छँदै छैन । मृत्युबारे सोचिरहन हुँदैन । एकपटक चिप्लेर लड्दा झन्डै एक घन्टा बेहोश भएको थिएँ । मृत्यु अत्यन्तै सहज होस् । 

यो जीवनकथा पनि पढ्नुहोस्

डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना

सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें

मुख्यमन्त्रीका दाबेदार झपट बोहोराको जीवन : बैंकर्स बन्ने स्वप्नजीवी मुख्यमन्त्रीको ‘रेस’ मा

पूर्वमन्त्री नवीन्द्रराज जोशीको जीवन : भूपूप्रेमिकाको कहिलेकाँही सम्झना आउँछ

मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु

सांसद चक्रपाणि खनाल ‘बलदेव’ को जीवन : ओ हो ! त्यहाँ त हामी बसेकै ठाउँमा हेलिकप्टरबाट बम खसाइयो

मुख्यमन्त्रीका दाबेदार शेरधन राईको जीवन : शपथ लिएर घरजम गर्छु

भरिया दिलबहादुर श्रेष्ठको जीवन : पुक्लुक्क मर्न पाए आनन्द हुन्थ्यो

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

नवनिर्वाचित सांसद सुरेशकुमार राई ‘हिमाल’ को जीवन : सिमलको भुवाजस्तै प्रतिनिधि बन्ने ध्याउन्न

नवनिर्वाचित सांसद कृष्णकुमार राईको जीवन : समाजवादभन्दा अर्को सपना देखेको छैन

========================

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरीब

सिभिल बैंक सीईओ किशोर महर्जनको जीवन : ३३ वर्षे ‘बैंकिङ करिअर’ मा करोडपतिलाई अर्बपति बनाएँ

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको जीवन : त्यतिबेला पाइन्ट लगाउनेलाई कांग्रेस भनिन्थ्यो

मानवअधिकारकर्मी कृष्ण पहाडीको जीवन : मलाई सनक चढ्यो पहेँलो लुगा लगाएँ

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको जीवन : जबजब राष्ट्रियताबारे बोल्छु/लेख्छु, म विवादमा परिहाल्छु

राष्ट्रगान लेखक व्याकुल माइलाको जीवन : सितोरिया करातेमा सात वर्षसम्म लगानी

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको जीवन : ग्रहदशा दुःख पाउने नै छ

प्लास्टिक सर्जन शंकरमान राईको जीवन : मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूलाई थाहा पाऊन्

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहार

पूर्वउपसभामुख पूर्णा सुवेदीको जीवन : प्रधानमन्त्रीको भूमिका पाए निर्वाह गर्न तयार

एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालको जीवन : अवकाशपछि सामाजिक काममा लाग्ने रहर

सांसद अनिता देवकोटाको जीवन : मेरो नाममा आएको ‘लभलेटर’ साइँलो बुबालाई दिन्थें

अनेरास्ववियु अध्यक्ष नवीना लामाको जीवन : म कसैलाई ‘लभ’ गर्छु

प्रा.डा. सुरेन्द्र केसीको जीवनः कुलमानजस्तै प्रचण्डले अडान लिएको भए आधाबाटो हिँडिसक्थ्यौं

लीलामणि पोखरेलको जीवन : ज्ञानेन्द्र राजा भएपछि मेरो घरमा बम पड्काइयो

पूर्वमन्त्री अग्नि सापकोटाको जीवन : एम सिक्स्टिनको तीन गोली एकैपटक लाग्दा पनि बाँचें

गायिका रेखा शाहको जीवन : भूल नगरी ११ दिन कष्टडीमा

नयाँ शक्ति नेता पासाङ शेर्पाको जीवन : त्यसबेला बालबाल बाचेँ

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको जीवन : क्याम्पस पढ्दा मलाई ‘पाखे’ भन्थे

नयाँ शक्ति सहसंयोजक महेश कर्मोचाको जीवन : व्यस्तताले मर्ने पनि फुर्सद छैन मलाई

कवि सरस्वती प्रतीक्षाको जीवन : १४ वर्षसम्म एउटै मान्छेलाई प्रेम गरे पनि छुट्यो

केकी अधिकारीको जीवन : घर छिर्ने बित्तिकै रिमोट हातमा, टिभी अन

पूर्वमन्त्री गिरिराजमणि पोखरेलेको जीवन : यसरी मेरो नाम ‘योगराज’ पनि बन्यो

किरण केसीको जीवन : कसैले ब्लफ कल गरे पनि आधा घन्टा गफदिन्छु

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको जीवन : वास्तुशास्त्रमा पटक्कै विस्वास छैन

अशोक राईको जीवन : कोदोको रक्सी असाध्यै मन पर्छ

यज्ञराज सुनुवारको जीवन : किरातीको छोरो हुँ, पिउँदिन भन्दा ढोङी भइन्छ

चन्द्रकिशोरको जीवन : तराई–मधेस बुझ्न पहाड घुम्नैपर्छ

सांसद रामहरि खतिवडाको जीवन : मन परेका बहिनीहरूको अघि उभिँदा अंकल भन्दिन्छन्

मेरो जीवन : मभन्दा लाटाले पनि ‘लभ’ गरेको देख्छु

मेरो जीवन : जो–जो प्रेममा फसे उनीहरुले एसएलसी पास गर्नै सकेनन्

अनिलकुमार झाको जीवन : राजेन्द्र महतोलाई सहयोग गरेर ठूलो गल्ती गरेँ

सीपी गजुरेलको जीवन : कोशीको भेलमा पौडिन खोज्दा झण्डै मरियो

महावीर पुनको जीवन : नेपाललाई धनी देश बनाउने मेरो सपना

पम्फा भुसालको जीवन : एक ढङ्गले बिहे गरिएन, अर्को ढङ्गले भ्याइएन

रवीन्द्र अधिकारीको जीवन : दुई सय ५० भन्दा धेरै प्रेमपत्र आए

गगन थापाको जीवन : एउटा रङ एसएमएसको कारण उनीसँग भेट भयो

दीनानाथ शर्माको जीवन : बाहुनको भट्टीमा २ गिलास लोकल पिएर सुतेको त्यो दिन…

ठाकुर गैरेको जिन्दगी : श्रीमतीको कमाई र पुख्र्यौली सम्पत्तिले घर बनाइयो

देवेन्द्र पौडेलको जीवन : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने सपना छ

किशोर नेपालको जीवन : रक्सी खाएर २४ घण्टासम्म सुतेको पनि छु

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीको जीवन : एक वाक्यको त्यो भाषण

कर्णबहादुर थापाको जीवन – प्रधानमन्त्री बन्छु भनेर पाइने होइन

रामशरण महतको जीवन : किशुनजी मलाई सायरी सुनाउन लगाउनुहुन्थ्यो

कोमल वलीको जीवन : प्रधानमन्त्री बनेर देश परिवर्तन गराऊँ भन्ने सपना छ

सुजाताको जीवन : मेरो सपना केपी ओलीजीसँग मिल्छ

 राजन मुकारुङ मेरो जीवन : उखु चोर्न जाँदा बस्यो पहिलो प्रेम

मेरो जीवन : ‘अफकोर्स !’ रविनाको धेरैपटक लभ परेको छ

शंकर पोखरेल  मेरो जिन्दगी : ‘अफेयर्स’को सम्बन्ध रहेन, अन्तरजातीय बिहे गरियो

उपेन्द्र सुब्बा  मेरो जिन्दगी : यो सहरको नामी जँड्याहाको नाम उपेन्द्र सुब्बा नै थियो

वर्षमान पुन ‘अनन्त’ मेरो जीवन : अर्थमन्त्री हुन्छु भन्ने त झन् सोचेको थिइनँ

योगेश भट्टराई  मेरो जीवन : झलनाथको त्यो वचन जसले योगेशलाई रक्सी छाड्न बाध्य पार्यो

प्रदीप पौडेलको जीवन : मदिरा, प्रेमदेखि मृत्युचिन्तनसम्म २२ रहस्य

फिल्म निर्देशक नवीन सुब्बाको जिन्दगी : ‘दुई स्वीमिङ पुलजति मापसे गरियो होला’

लालबाबु पण्डित जिन्दगी : यी हुन् का खानादेखि मृत्यु चाहनासम्मका २२ रहस्य

चित्रबहादुर केसीको जिन्दगी :खानादेखि प्रेमसम्म जीवनका २१ रहस्य

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप