बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाको सुध्रिएन बानी : ढिला आउने, उल्टै रिसाउने

मङ्गलबार, २३ माघ २०७४, १३ : १३
मङ्गलबार, २३ माघ २०७४

काठमाडौँ । गत पुस २८ मा प्रदर्शन आएको चलचित्र ‘बटरफ्लाई’ले रिलिज मितिको केही दिन पहिले राजधानीम एक कार्यक्रममा आयोजना गरेको थियो । 

चलचित्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्की करिब २ घन्टा ढिलो गरेर कार्यक्रममा सहभागी भइन् ।

पत्रकार र चलचित्र निर्माण युनिटलाई उक्त कार्यक्रमा धेरै कुराएकी प्रियंकालाई कार्यक्रममा रंगपत्रकारले आफ्नै अभिनय रहेको चलचित्रको प्रचारमा साथ नदिएको आरोप समेत लगाए । 

कार्यक्रममा प्रियंकाले ढिलो भएको कारण सबैसँग माफी माग्दै नयाँ चलचित्रको सुटिङका कारणले रिलिज चलचित्रको प्रचारमा समय दिन नभ्याएको बताइन् । कार्यक्रममा उनलाई पत्रकारहरुले एकपछि अर्काे गर्दै प्रश्नको भारी थोपारे । उनले एक–एक गर्दै सबै प्रश्नको जवाफ दिइन् ।

कार्यक्रम पछि धेरैको अनुमान थियो । अब प्रियंका जुनै कार्यक्रममा पनि समयमै पुग्छिन् । तर त्यसको केही साता पछि अर्थात् यही माघ १६ गते राजधानीमा आयोजित कामना अवार्डमा प्रियंका त्यसै गरि ढिलो पुगिन् ।

सुन्धारस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड समारोहमा आयोजकले सबैलाई ३ बजे निम्त्याएका थिए । राजधानीमा देखिएको ट्राफिक समस्या राम्ररी बुझेको आयोजक कामना खबरपत्रिकाले करिब एक घन्टा ढिलो गरेर कार्यक्रम सुरु गरेको थियो । 

उक्त कार्यक्रममा पनि प्रियंका करिब २ घन्टा अर्थात ५ बजेतिर मात्र देखा परेकी थिइन् । प्रेमी आयुष्मान देशराज, उनकी आमा र केही सहयोगी गरी करिब आधादर्जन दलबल सहित कार्यक्रममा उनी उपस्थित हुँदा कार्यक्रम स्थल भरिभराउ भइसकेको थियो । कार्यक्रममा उनीसँग आएकाले त परै जाहोस् उनले पनि सिट पाइनन् ।

उनले केही बेर यतायती सिट छ कि भनेर हेरिनन् । कहि कतै सिट खाली नदेखेपछि हातमा रहेको मोवाइल उठाइन् । आयोजकलाई फोन गरिन् । अनि रिसाउदै भनिन् ‘खोइ मलाई सिट । त्यही भएर मलाई कार्यक्रममा आउन मन लाग्दैन ।’

उनको यो क्रियाकलाप नजिकबाट केही पत्रकारले नियालिरहेका थिए । ती मध्यका एकले भने ‘अहिले मिल्दैन होला । ढिलो आउने उल्टै आफै रिसाउने ? भनेर उनलाई प्रश्न सोध्न मन लागेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप