शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिलेसम्मकै शक्तिशाली रकेटको प्रक्षेपण, अन्तरिक्षमा पहिलोपल्ट पुग्यो कार

बुधबार, २४ माघ २०७४, १४ : ४५
बुधबार, २४ माघ २०७४

काठमाडौँ । अमेरिकाको निजी स्पेस कम्पनी स्पेस एक्सले बुधबार आफ्नो फाल्कन हेभी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

राती करिब १२ बजे प्रक्षेपण गर्ने बताइए पनि २ बजेर ३० मिनेट जाँदा यसलाई प्रक्षेपण गरिएको थियो ।

कम्पनीको दाबी छ, यस रकेटमा प्रयोग भएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेटबाट डेल्टा ४ रकेटभन्दा दुई गुणा वजन भएको सामान अन्तरिक्षमा लैजान सकिन्छ ।

अहिलेसम्म स्याट्रन ५ लाई संसारकै शक्तिशाली रकेट मानिन्थ्यो । त्यसमा १४० टन पे लोड लैजाने शक्ति थियो ।

फाल्कन हेभीबाट आगामी दिनमा मानिसहरुलाई चन्द्रमादेखि मंगलग्रहसम्म पठाउन सकिनेछ ।

आज भने रकेटमा स्पेस सुट लगाइएको पुत्ला र कम्पनीका मालिक एलन मस्कको चेरी रेड कलरको टेस्ला कार अन्तररिक्षमा पठाइएको छ ।

न्युजि एजेन्सीका अनुसार प्रक्षेपणका दौरान लञ्च भएको ३ मिनेटभित्र रकेटका दुई प्रकारको बुस्टर उसबाट अलग भएको थियो ।

क्यालिफोर्नियाका हावथोर्न हेडक्वाटरबाट लाइभ स्ट्रिमिङको मद्दतले कम्पनीले फाल्कन हेभी रकेट लञ्चको प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रक्षेपण हेर्नका लागि करीब आठ किलोमिटर टाढा क्याम्प ग्राउण्ड तयार गरिएको थियो । त्यहाँबाट २ हजारभन्दा बढीले प्रक्षेपण हेरेका थिए ।

यसअघि स्पेस एक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट पनि निर्माण गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप