शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खास के छ विश्वको सबैभन्दा शक्तिशाली रकेटमा ?

बिहीबार, २५ माघ २०७४, १० : २९
बिहीबार, २५ माघ २०७४

बीबीसी 

यस रकेटले फ्लोरिडाको त्यही ठाउँबाट उडान भरेको छ जहाँबाट चन्द्रमामा जाने पहिलो व्यक्तिले आफ्नो यात्रा सुरु गरेका थिए । 

इतिहास अब नयाँ तरिकाबाट लेखिँदै छ, लक्ष्य हो मङ्गल ग्रहको र  उद्देश्य हो मानिस त्यहाँ पुग्नु । 

‘फाल्कन हेवी’ नामको यो विशाल रकेटले केप केनावेरालस्थित अमेरिकी अन्तरिक्ष संस्थान नासाको जन एफ केनडी स्पेसबाट मङ्गलबार उडान भरेको छ ।

यो रकेट एक प्राइभेट कम्पनी ‘स्पेस एक्स’ले सार्वजनिक गरेको हो ।

केनडी सेन्टर 

‘फाल्कन हेवी’को ट्याङ्कमा एक टेस्ल कार राखेको छ । यो गाडी अन्तरिक्षको कक्षमा पुग्ने पहिला कार हुनेछ । 

यो रेकट केनडी सेन्टरको त्यही आइसी–३९ए प्लेटफर्मबाट प्रक्षेपण गरियो, जहाँबँट अपोलो मिसन उडेको थियो ।  

चन्द्रमा मान्छे पुगेको घटनापछि यो त्यस्तो समय हो जसको विश्वभरी नै प्रतीक्षा गरिँदै छ । केप केनावेरालमा यो समयको साक्षी बन्न मानिसहरू जम्मा भएका थिए । टेस्ला र स्पेसएक्स यी दुवै अरबपति व्यापारी एन मस्कका कम्पनी हुन् । 

एलन मस्क ‘फाल्कन हेवी’ जस्ता ठूला रकेटको प्रयोग मङ्गल ग्रहका लागि भविष्यको अभियानमा लाग्न चाहन्छन् । 

अन्तरिक्ष कक्ष
‘फाल्कन हेवी’ अन्तिरिक्षको यात्रमा ११ किमिप्रति सेकेन्डको गतिमा उडेको छ । 

यो रकेट ७० मिटर लामो र अन्तिरिक्षको कक्षमा यो ६४ टन वजन स्थापित गर्न सक्छ । यो वजन पाँच डबल डेकर बसहरु बराबर हो । यसको क्षमता केवल सैटर्न–भी एयरक्राफ्टले हराउन सक्छ ।

६० र ७० को दशकमा अपोलो अभियानको समयमा सैटर्न–भी एयरक्राफ्ट प्रयोगमा ल्याएको थियो । 

अहिलेको समयमा बाँकी रकेट आपूmसँग जति भार लिएर जान सक्छन् फाल्कन हेवी त्यसको दुई गुना बढी भार लिनसक्ने क्षमता राख्छ । 

टेस्ला स्पोर्टस कार 
स्पेस एक्सका सीईओका अनुसार यस रकेटको पहिलो उडानका सफलता ५० प्रतिशत थियो तर यो पूर्ण सफलतापूर्वक प्रक्षेपण हुनमा सफल भयो ।

यो कारका ड्राइभिङ सिटमा स्पेस सुटलगाएको व्यक्तिको बुट राखिएको छ । 

यदि यो रकेट आफ्नो उडानमा सबै चरण पार गर्न सफल भएमा टेस्ला कार र त्यसमा भएको यात्रीलाई सूर्यको आसपास अण्डाकार कक्षमा पुर्याउने छ । 

यो ठाउँ मङ्गल ग्रहको धेरै नजिक हुने छ । यद्यपि यसको उडानको सफलताको जानकारी उडानको कमसे कम ६ घण्टाभित्र थाह हुने छ । 

एलन मस्कले पत्रकारहरुसँग भने, ‘कार अन्तरिक्षको कक्षमा पृथ्वीबाट ४ सय मिलियन किमिको दूरी पार गरेर पुग्ने छ र यसको गति हुने छ ११ किमि प्रतिसेकेन्ड ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप