गायिका मिलन अमात्यले गराईन युकेमा पनि गीत रेकर्ड
लण्डन । चर्चित गायिका मिलन अमात्य अहिले युकेमा रहेकी छिन् ।
ई मिडिया हब युकेको आयोजनामा युकेका बिभिन्न शहरहरुमा आयोजन हुँदै गरेको “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रमका लागी २ हप्ता अगाडी युके पुगेकी गायिका अमात्यले ३ वटा कार्यक्रमहरुमा प्रस्तुती दिइसकेकी छिन् भने एउटा गीतमा आवाज समेत रेकर्ड गर्न भ्याएकी छिन् ।
युकेको भ्रमणमा पनि व्यस्त गायिकाले समय मिलाएर भ्याए सम्म आफ्नो दैनिकी पनि पूरा गरिरहेको जानकारी बताएकी छिन् ।
आउँदो फेब्रुअरी १० तारिख केन्टको आश्फोर्डमा आयोजना हुने चौँथो साँगीतिक कार्यक्रमको तयारीका क्रममा गायक तथा संगीतकार बिसी राईसँग १० तारिख प्रस्तुत गर्ने तयारी रहेको गीतको रेकर्डिङ सम्पन्न गर्दै युकेमा पहिलो गीत रेकर्ड गर्दै अर्को रेकर्ड थपिएको खुशी गायिका मिलन अमात्यले फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन् ।
जीवनसँग जीवनसँग सम्बधित गीत, ‘कहाँको जन्म हाम्रो, कहाँको मरण‘’ बोलको गीतको रेकर्डिङ गरेका हुन् ।
गायक बिसी राईसँग मिलन अमात्यले रेकर्ड गरेको गीत १० फेब्रुअरी साँझ विशेष रुपमा प्रस्तुत गर्ने तयारी भएको छ ।
केहि समय पछी म्युजिक भिडियो पनि णिर्माण गर्ने तयारी भएको “कहाँको जन्म हाम्रो, कहाँको मरण, का अलावा गायिकाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारीमा छिन् ।
युके साँगितिक कार्यक्रमकै बेला जन्मदिन परेकाले गायिकाले ईमिडिया हब परिवारसँगै जन्म दिन पनि मनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट
-
गण्डकीको संसद् बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित