बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले बन्छ दशरथ रङ्गशाला ? हेर्नुस् यस्तो छ हालत (फोटोफिचर)

बिहीबार, २५ माघ २०७४, १५ : ०३
बिहीबार, २५ माघ २०७४

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो रङ्गशाला दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सुस्त गतिमा चलिरहेको छ ।  २०७२ सालमा आएको भूकम्पले रंगशाला क्षतिग्रस्त भएको थियो ।  पुनर्निर्माण सम्पन्न नभएकै कारण करिब दुई वर्षदेखि रङ्गशाला सञ्चालनमा आउन सकेको छैन । 
देशकै ठूलो रंगशाला  तोकिएको समयमा पुनर्निर्माण हुनु पर्ने भएपनि  विभिन्न कारण देखाउँदै ढिलाई हुँदै आएको छ  ।
भारतीय नाकाबन्दीका कारण देखाउँदै लामो समय सम्म पुननिर्माणको कार्य स्थगितभएको रंगशालामा अहिले काम चलिरहेको छ तर, कहिले सम्पन्न हुने हो भन्नेमा टुंगो छैन । रङ्गशालाको पुनर्निर्माण लागि २०७१–७२ मा करिब तीन करोडको बजेट छुट्याइएको थियो । 
बिसं २०२२ सालमा निर्माण भएको अन्तराष्ट्रिय स्तरको दशरथ रङ्गशाला करिब २० हजार दर्शक क्षमताको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप