शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट

सोमबार, २९ माघ २०७४, १० : २८
सोमबार, २९ माघ २०७४

काठमाडौं– मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भएको छ । गत साता भएको उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा भएको हो । 
कवि स्मृतिले उहाँका चर्चित एक दर्जन कविताहरु वाचन गरे । कवि स्वप्निल कविता कन्सर्टकै लागि क्वाललम्पुर आएका थिए । कवि स्मृतिका बारेमा दिलदुखी जन्तरेले प्रकाश पारेभने पाली राजदुतावास मलेशियाका द्धितिय सचिव विनोद मुखियाले शुभ कामना मन्तव्य राखेका थिए ।

कन्सर्टलाई विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय सदस्य दिलिप राई सगर, एनआरएन मलेशियाका महासचिव सुन्दर आले, साहित्य महासङ्घका पूर्व केन्द्रीय पार्षद दीप दर्शन, नेपाल आदिवासी जनजाति महासङ्घ मलेशियाका उपाध्यक्ष ड्वाङनुरी शेर्पा, चौतारी साहित्यका डिल्ली छत्कुल्ली, योगेन्द्र काईराला, राम चौधरी, कृष्ण आङदेम्बे, दिल केरुङ, राज गिरी, राम रेप्चोङ लगायतले शुभ कामना मन्तब्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप