शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलजलालाई विश्वकर्मा समाज यएईको आर्थिक सहयोग

सोमबार, २९ माघ २०७४, १० : ३६
सोमबार, २९ माघ २०७४

युएई । गत एक महिनादेखि उपचार गराई रहेकी नेपाली तारा सिजन(३ कि चर्चित गायिका जलजला परियारलाई विश्वकर्मा समाज युएईले आर्थिक सहयोग गरेको छ ।

दुबै मिर्गोलाले काम गर्न छोडे पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराई राखेकी परियारलाई मिर्गोला प्रत्यारोपणको लागि विश्वकर्मा समाज युएईले १ लाख २२ हजार ३ सय ३९ रूपैया आर्थिक सहयोग गरेको हो।

कलाकार कुलेन्द्र विश्वकर्मा, शान्ती सुनार र बिश्वकर्मा समाज युएईका सदस्य ताराकान्त विक शिक्षण अस्पताल महाराजगंजमा पुगी जलजलाको परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

जलजलाकै सहयोगका लागि स्वदेश तथा विदेशबाट धमाधम आर्थिक सहयोग जुट्न थालेको समाचार आए पछि युएईमा जलजलाको सहयोग अभियान गत हप्ता देखि बन्द गरिएको हो । 

दुई साता पहिले बिश्वकर्मा समाज युएईले पिडित जलजलाको सहयोग अभियानमा युएईमा सुरू गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप