शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडीलाई ३ स्वर्ण

सोमबार, २९ माघ २०७४, १० : ४५
सोमबार, २९ माघ २०७४

विजय थापा,अमेरिका–अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालका ३ खेलाडीहरुले तीन स्वर्ण पदक जितेका छन् ।
नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् । 
प्रतियोगिताको महिला फेदर बेल्ट समूह ,५३–५७ केजी समूहमा मान कुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोरका खेलाडीलाई पराजित गरि स्वर्ण पदक प्राप्त गरिन् । 
यसै गरि ५८–६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेकी छिन् ।
पुरुष तर्फको फ्लाई बेल्ट अन्तर्गत ५४–५८ सम्मको तौल समूहमा तारा कुमार रायमाझीले सेमी फाइनलमा भारत र फाइनलमा मेक्सिकोलाई हराई स्वर्ण पदक प्राप्त गरे । नेपाली टोलिको व्यवस्थापक र टोलि प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए । 
नेपाली टोलि फेव्रुअरी १८ तारिख नेपाल फर्कने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप