बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोल क्रेज : गुलाफ बोकेर युवतीको लाइन, रुदै खिचाए तस्बिर (फोटो)

सोमबार, २९ माघ २०७४, १३ : २९
सोमबार, २९ माघ २०७४

 
काठमाडौं – प्राविधिक कार्य समयमा नसकिएकाले प्रिमियर गर्न नभ्याएको चलचित्र ‘कृ’को आइतबार पत्रकार तथा कलाकार माझ स्पेसल शो आयोजना गरेको छ । प्रिमियर भनेर आयोजना गरिएको उक्त बिषेश शोमा  चलचित्रकर्मी, पत्रकारको अलवा थुपैै्र कलेज युवतीहरुको समेत सहभागीत रहेको थियो ।

निर्माण युनिटले प्रिमियरमा पत्रकार, कलाकार र केही अतिथि मात्र निम्त्यएका भएपनि कलेज युवतीहरु अनमोल आउने खबरले भित्रिएका थिए । कमलपोखरी स्थित कुमारी चलचित्र भवनमा आयोजित प्रिमियएरमा सबैलाई साँझ ५ बजे निम्त्याइएको थियो । तर चलचित्र हल परिसर भने कबिर साढे चार बजेदेखि नै भरिभराउ देखिन्थ्यो ।

कार्यक्रममा निम्त्याएका कलाकार र पत्रकारभन्दा बढी कलेज युवतीहरुको उपस्थिती थियो । ती युवतीहरु अनमोलको चलचित्र हेर्न भन्दा पनि उनीसँग फोटो खिच्न र अनमोलको हातमा आफुले ल्याएको रातो गुलाफ र कार्ड दिन दिन कार्यक्रम स्थलमा देखिएका थिए ।

कार्यक्रममा निर्माता समेत रहेका कलाकार भुवन केसी करिब ५ बजे चलचित्र भवनमा उपस्थित भएका थिए । तर चलचित्रका मुख्य अभिनेता  अनमोल केसी भने ६ बजेतिर मात्र देखा परे ।

अभिनेत्री अदीति बुढाथोकी सहित चलचित्र भवनमा देखिएका अनमोलाई कलेज ड्रेसमै हातमा गुलाफको फूल बोकेका युवतीहरुले धेरा हाल्दै ‘आई लभ यू अनमोल’को नारा लगाउँदै रुन थाले । फ्यानहरुको यस्तो क्रियाकलापबाट अलमल्ल परेका अनमोलले रुन लागेका फ्यानलाई अंगालो हाल्दै तस्बिर समेत खिचाए ।

६ जना बडिगार्ड सहित हलमा युवतीहरुसँग तस्बिर खिचाइरहेका अनमोललाई छेवैको सडकमा कुदिरहेका गाडीबाट अनमोल भन्दै चिच्याई रहेका थिए ।

अनमोल भन्दा केही अगाडि चलचित्र भवन पुगेका अभिनेता अनुप विक्रम शाही पनि फ्यानहरुबाट केही बेर घेरिएका थिए । फ्यानहरुसँग केही बेर सेल्फी खिचाउँदै उनी भिडबाट उम्किहाले ।

करिब ७ बजे सुरु भएको चलचित्र करिब साढे ९ बजे सकिएको थियो । सरोज खनाल, शोभित बस्नेत, नरेन खड्का, किरण केसी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, सञ्चारकर्मी रवि लामिछाने, भुवन चन्द, निर्देशक प्रदीप भट्टराई लगायतका चलचित्रकर्मी ‘कृ’ हेर्न पुगेका थिए । सहभागी कलाकर्मीले चलचित्र मन परेको प्रतिक्रिया दिदा केही भने लेखमा खोट देखाए ।

निर्माताको लगानी निर्देशकले खोलो बगाएको समेत प्रतिक्रिया दिने कलाकार भेटिएका थिए । चलचित्र हेर्ने धेरैले छायांकन, मेकिङ र द्वन्द्व निर्देशनको पक्षलाई अब्बल माने । अनमोलको अभिनयको पनि तारिक भएको कार्यक्रममा अनुप र अदीतिको अभिनय धेरैले रुचाए ।

पत्रकारहरुको समेत बाक्लो उपस्थिती रहेको प्रिमियरमा केही पत्रकारले बिग्रिएको ‘गजनी’ हेरियो भन्दा केहीले चलचित्रको पटकथा राम्रोसँग बग्न नसकेको खोट लगाए । यतिको चलचित्रलाई नराम्रो भन्न नमिल्ने भन्ने पत्रकार समेत हलमा भेटिए ।

प्रिमियरमा अभिनेत्री अदीति र अनमोलले सबैसँग बसेर चलचित्र समेत हेरेका थिए । अभिनेत्री अदीतिले ‘कृ’ अभिनयबाट राम्रो प्रतिक्रिया मिलिरहेको बताइन् । 


निर्माता सुवास गिरीले प्रदर्शनमा पाएको दर्शकको साथले उत्कृष्ट चलचित्र निर्माणमा उर्जा थपेको बताए । 

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

‘कृ’मा अनमोल केसी, अदीति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको  अभिनय देख्न सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप