मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी सरकार भएमात्र लगानीको वातावरण बन्छः उपाध्यक्ष ढकाल

सोमबार, २९ माघ २०७४, १७ : ४२
सोमबार, २९ माघ २०७४

लमजुङ– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई गु्रपका अध्यक्ष चन्द्रपसाद ढकालले मुलुकका स्थायी सरकार भएमात्र लगानीको वातावरण सुनिश्चित हुने बताएका छन् ।  सोमबार नेपाल उद्योग वाणिज्य महासंघ लमजुङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले जलविद्युत र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै व्यापार–व्यावसायको प्रबद्र्धन गर्न स्थानीय उद्योगी व्यावसयाीहरुलाई सहयोग पुर्याउने कार्यमा महासंघ दत्तचित्त भएर लागिरहेको दाबी गरे ।

 लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र यहाँको अपार जलश्रोतलाई  उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै उनले पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप