बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसका लागि सजियो पेरिसडाँडा (फोटोफिचर)

सोमबार, २९ माघ २०७४, १८ : ०५
सोमबार, २९ माघ २०७४

काठमाडौँ । माओवादीहरुले फागुन १ गते जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।

रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।

१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए ।

हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो ।

यसैबीच, माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमका लागि पार्टी मुख्यालय विशेष रुपले सजाइएको छ । 

हेर्नुहोस् तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप