‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न
काठमाडौँ– धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित पाँच दिने ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’ सम्पन्न भएको छ । सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको थियो । जागरण कवि धरणीधर कोइरालाको १२६ औं जन्मजयन्तीका अवसरमा आयोजित सो सम्पदा कलायात्रा कुशेश्वर दुम्जाबाट सुरु भएको थियो ।
माघ २४ गते सुरु भएको कलायात्राका क्रममा पाँचजना कलाकारहरुले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकाका धार्मिक, साँस्कृतिक,पुरातात्विक महत्वका पाटी, पौवा, मठ, मन्दिर,मानेका साथै पूराना बजार, वस्ती र प्राकृतिक सम्पदालाई क्यानभासमा उतारेका थिए । चित्रमा पुनःनिर्माणको वर्तमान अवस्थालाई समेत देख्न सकिन्छ ।
प्रदर्शनीलाई विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि तथा स्थानीयवासीले रुचीपूर्वक अवलोकन गरेका थिए । सो अवसरमा सुनकोशी गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिना,विद्यालयका प्रधानाध्यापक शंकर उप्रेती र समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले सम्पदा कला यात्राले सम्पदा संरक्षणमा जागरण ल्याउने विश्वास व्यक्त गरे ।
यस्तै, कलाकार सुरेम देशार र यात्रा संयोजक दीपक श्रेष्ठ ‘विहीन’ ले सुनकोशी क्षेत्रमा रहेका सम्पदाको अवस्था नाजुक रहेको र यसको संरक्षणमा स्थानीय जनता र जनप्रतिनिधि जुट्नुपर्ने धारणा राखेका थिए । कुशेश्वर दुम्जा, बालुवाटारस्थित देवीस्थान माध्यमिक विद्यालयमा धरणीधर कोइरालाको १२६ औँ जन्मजयन्ती मनाइएको थियो । कार्यक्रममा पुस्तकालयका अध्यक्ष दीपक विहीन र कुशेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष गंगाप्रसाद कोइरालाले रंग र क्यानभास हस्तान्तरण गरेर कला यात्राको सुभारम्भ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ