बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार संघकै कार्यक्रममा कलाकारको खडेरी

सोमबार, २९ माघ २०७४, १९ : ००
सोमबार, २९ माघ २०७४

काठमाडौं – पछिल्लो समय अवार्ड समारोह होस् या घोषणा समारोह कलाकारको उपस्थिति न्युन रहने गरेको छ । आफुले अवार्ड पाए ठिक र नपाए बेठिक भन्ने परिपार्टीले अवार्डको गरिमा समेत घट्दो छ । 
यस्तैमा सोमबार चलचित्र कलाकार संघले दोस्रो ‘फान अवार्ड २०७३’को घोषणा गर्यो । आज राजधानीमा एक कार्यक्रम गर्दै संघले अवार्ड घोषणा गरेको हो । कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा कलाकारको उपस्थिति न्युन देखियो ।

अवार्डमा कथा, पटकथा, संवाद, नृत्य निर्देशक, द्वन्द्वनिर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायाँकार, नवनिर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, नवअभिनेत्री, नवअभिनेता, सहअभिनेत्री, सहअभिनेता, खलपात्र, हाँस्य कलाकार, अभिनेत्री, अभिनेता, चलचित्र र निर्देशक लगायत २४ विधा समावेश गरिएको छ ।  ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको अवार्ड चैत १६ गते आर्मी अफिसर्स क्लबमा हुने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप