केन्द्रीय संस्करण

एन्टोनियो ग्राम्स्की हाम्रो समयका मार्क्सवादी चिन्तक

person access_timeफागुन १, २०७४ chat_bubble_outline0

सन् १९२८ मा एन्टोनियो ग्राम्स्कीविरुद्ध मुद्दा चलिरहँदा ‘हामीले यो दिमागलाई बीस वर्ष काम गर्नबाट रोक्नैपर्छ’ भनेर अभियोजनकर्ताले घोषणा गरेका थिए । ग्राम्स्की इटालियन कम्युनिस्ट पार्टीका नेता, प्रबुद्ध माक्र्सवादी विचारक एवम् पत्रकार थिए । उनलाई बेनिटो मुसोलिनीको फाँसीवादी सरकारले दुई दशकको जेल सजाय सुनाएको थियो ।

माथि भनिएझैँ बन्दी अवस्थामा उनको दिमागलाई काम गर्नबाट रोक्न सकिएन, बरु नतिजा ठीक उल्टो भयो उनको बौद्धिकता सक्रिय र तीक्ष्ण हुनपुग्यो । उनले जेलजीवनमा ठोस र भविष्यमुखी योजनाका लागि विशाल बौद्धिक यात्रा तय गरे । प्रकाशमा आएको ग्राम्स्कीको ‘प्रिजन नोटबुक्स’मा इतिहास, दर्शनशास्त्र, अर्थशास्त्र र क्रान्तिकारी रणनीतिसम्बन्धी ३३ ग्रन्थ र तीन हजार पृष्ठको सामग्री सङ्कलित छ ।

जेलमा लेख्न अनुमति भए पनि ग्राम्स्कीलाई माक्र्सवादी सन्दर्भ सामग्रीको पहुँचबाट वञ्चित गरियो र जेलको कडी कडाउ नियमले गर्दा साङ्केतिक भाषामा लेख्न बाध्य बनायो । जीवनको उत्तराद्र्धमा उनका सबै दाँत झरे र ठोस खाना पचाउनै नसक्ने अवस्थामा उनी पुगे । स्वास्थ्योपचार र स्वास्थ्यमा प्रयाप्त हेरविचारबाट वञ्चित ग्राम्स्कीको सन् १९३७ मा ४६ वर्षको उमेरमा निधन भयो ।

यद्यपि ग्राम्स्कीले आफ्नो जीवनको बौद्धिक लक्ष्य पूरा गरे । ग्राम्स्कीको भाइकी श्रीमती तातियानाले ‘प्रिजन नोटबुक्स’लाई जेलबाट सुरक्षित रूपमा बाहिर निकाल्न सफल भइन् र इटालीमा सन् १९४८ देखि १९५१ सम्म उक्त सङ्कलनको मुद्रण भयो । सन् १९७० को दशकमा ग्राम्स्कीको ग्रन्थ फ्रेन्च, जर्मन र अङ्ग्रेजीमा अनुवाद हुँदा, ग्राम्स्की स्टालिन विरोधी युरोपेली कम्युनिस्टहरूको प्रेरणाका स्रोत बने ।

टिप्पणीकारहरू ग्राम्स्कीलाई उनको प्रचलित भनाइ ‘विवेकले निराशावादी र इच्छाशक्तिले आशावादी’ र सन् १९३० मा लेखेको ‘अहिलेको सङ्कट वस्तुतः भन्दा पुरानोको अन्त्यको अवस्था र नयाँ सुरुवात नभएको अवस्थाले सिर्जित भएको सत्य हो । यो अराजकतामा विविध किसिमका विकृत लक्षणहरू देखिन्छन्’ भन्ने  टिपोट उल्लेख गर्छन् ।

सन् २०१३ मा तत्कालीन बेलायती शिक्षामन्त्री माइकल गोवले (गोव कन्जरभेटिभ पार्टीका सदस्य हुन्) एक भाषणमा परम्परागत शिक्षण पद्धतिसम्बन्धी आफ्नो धारणाको प्रतिरक्षा गर्न ग्राम्स्कीको नाम उद्धृत गरेका थिए । अन्तर–युद्धको समयमा (प्रथम र दोश्रो विश्वयुद्धको समय) इटालीमा लागू गरिएको तथाकथित प्रगतिशील शिक्षा प्रणालीको सिद्धान्तबाट ग्राम्स्की निकै भयभित भएका थिए ।

हुँदाहुँदा ग्राम्स्कीलाई फ्रान्सको घोर दक्षिणपन्थी नुभेल द्रोइत समूह र बेल्जियन समकक्षी भ्लाम्स ब्लक समूहले समेत आफ्नो भनेर दाबी गरे । यो विचित्रताको कारण के होला त, विवादित विरासत ?

‘हेजिमोनी’ अर्थात वर्चस्ववाद ग्रम्स्कीको विचारलाई परिभाषित गर्ने मुख्य कडी रहन गयो । हेजिमोनीले राजनीतिक दबदबाको क्षेत्र राज्य अथवा संसदको नियन्त्रणभन्दा बाहिर पनि विचार र संस्कृति जमाएको छ । सन् १९१७ को रुसी क्रान्तिलाई पश्चिमा युरोपका मुलुकहरूले किन लागू गरेनन् भन्ने प्रश्नले ग्राम्स्कीलाई बेचैन बनाएको थियो ।

ग्राम्स्कीले यस प्रश्नको जवाफ ती मुलुकहरूका नागरिक समाज संस्थानहरूमा (राजनीतिक दलहरू, ट्रेड युनियनहरू, चर्चहरू, मिडिया र प्रेस) जरो गाडेर बसेको पुँजीवादी धारणा हो भन्ने ठम्याए । उनले लेखेका थिए– ‘राज्य त केवल बाहिरी खाल्डो मात्रै हो, जसका पछाडि शक्तिशाली किल्लाहरूको प्रणाली रहेको छ ।’

यति मात्र होइन ग्राम्स्की तर्क गर्छन्, क्रान्तिकारीहरूले ‘सङ्घर्षको लडाइँ’ लड्नभन्दा (उदाहरणका लागि रुसमा बोल्सेभिकहरूले रुसी राज्यसत्ता कब्जा गरेको अवस्था) पहिले ‘हैसियतको लडाइँ’ लड्नुपर्ने देखिन्छ । अर्थात ग्राम्स्कीको भाषामा नागरिक समाजको ठूलो हिस्साले बोक्ने गरेको सामान्य विवेक ‘कमन सेन्स’ परिवर्तनको लामो सङ्घर्ष अर्को भाषामा भन्दा गैर–दार्शनिकहरूको दर्शन फेर्न सङ्घर्ष गर्नुपर्ने हुन्छ । 

सन् ७० को दशकको अन्त्यतिर ‘माक्र्सिज्म टुडे’ले थ्याचरवादको उदयको विश्लेषण हेजिमोनीको दृष्टिकोणबाट गरेको थियो । उक्त पत्रिकाका पूर्वसम्पादक मार्टिन जेक र सांस्कृतिक विचारक स्टुअर्ट हलले नयाँ दक्षिणपन्थी शक्तिहरूले चुनाव जित्ने योजना मात्रै बनाएका थिएनन्, उनीहरूले सामान्य विवेक ‘कमन सेन्स’को परिभाषा पनि फेरे ।

जेकले मलाई भनेका थिए– ‘अधिकांश राजनीतिक नेताहरू वर्चस्व स्थापना गर्न लागिपर्दैनन्, तर थ्याचरको प्रयोग निकै अस्वाभाविक थियो । हलले थ्याचरको प्रतिस्पर्धा, प्रयास र पुरस्कारका व्यक्तिगत जिम्मेवारी, लोककल्याणका नाममा भारी मात्रामा लगाइएको करका कारण सर्वसाधारणलाई निरही बनाउने अभियानको अनवरत चर्चा औँल्याएका थिए ।’

थ्याचर आफैले पनि सन् १९८१ मा ‘अर्थनीतिहरू केवल तरिका हुन्, मुख्य उद्देश्य त आत्मापरिवर्तन हो’ भनेकी थिइन् । दक्षिणपन्थीहरूले हेजिमोनीको सरल र दिगो प्रयोग गरेका भए पनि ग्राम्स्कीबिना कुनै दुविधा निर्विवाद माक्र्सवादी हुन् । सर्दिनियाली मजदुरवर्गले निश्चय नै ल्याटिन भाषामा शिक्षाका लागि जोड गरेका थिए तर कन्जरभेटिभ ग्लोवले भनेको शिक्षा नीतिभन्दा बिल्कुल फरक रहेको थियो ।

मेलानी फिलिप्स र पिटर हिचेन्स जस्ता दक्षिणपन्थी टिप्पणीकारले वामपन्थी शक्तिहरूले बीबीसी, विश्वविद्यालय र विद्यालय जस्ता विभिन्न संस्थामार्फत ग्राम्स्की विचार प्रवाह गरेर सांस्कृतिक परिवर्तन ल्याउने प्रयास गर्दैछन् भनेर लामो समयदेखि सचेत गर्दै आएका थिए । यद्यपि नयाँ लेबर (सन् १९९० को मध्यदेखि सन् २०१० सम्मको लेबर पार्टी)ले समलैङ्गिकता जस्ता उदार मुद्दामा समर्थन गरे पनि, नयाँ लेबरले थ्याचरको हेजिमोनीलाई चुनौती दिनुभन्दा, त्यसलाई स्वीकार गरेको देखिन्छ ।

हाल जेरेमी कोर्बियनको पालामा, कन्जरभेटिभहरूले अहिले पहिलो पटक दिगो रूपमा आफ्नो बौद्धिक वर्चस्वमाथि चुनौती सामना गर्दैछन् । पहिलेका दक्षिणपन्थी शक्तिहरूलेझैँ अहिले नयाँ वामपन्थी शक्तिहरूले आफ्ना प्रतिद्वन्द्वीलाई चुनावमा हराउन मात्र लागेका छैनन्, उनीहरू दक्षिणपन्थीले तामझामका साथ फैलाएको विचारहरूलाई जरैदेखि उखेल्न उद्दत छन् ।

कोर्बियन र उनका साझेदारहरू जब आफूलाई ‘दि न्यू पलिटिकल मेनस्ट्रिम’ अर्थात ‘नयाँ राजनीतिक मूलधार’ दाबी गर्छन, उनीहरू गाम्स्कीकै भाषामा ‘कमन सेन्स’लाई पुनः परिभाषित गर्न लागिपरेका छन् । जेकले भनेका थिए– ‘यस सन्दर्भमा कोर्बियन असाधारण देखिएका छन् । पछिल्लो चुनावमा उनले उच्च प्राथमिकताको रणनीति लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए, अर्थात उनी वामशक्तिलाई हराउने थ्याचरवादी रणनीतिविरुद्ध लड्दैथिए ।’

अहिले ग्राम्स्की जीवित भएका भए उनले हालको मोमेन्टम समूह (जेरेमी कोर्बियनको अगुवाइमा लेबर पार्टीको नेतृत्वको सफलतापूर्ण सुधारको अभियानपछि लेबर पार्टी सम्बद्ध खुलेको वाम राजनीतिक सङ्गठन) र उनीहरूको ‘दि वल्र्ड ट्रान्सफम्र्ड’ महोत्सवको प्रशंसा गर्थे होला । ‘दि वल्र्ड ट्रान्सफम्र्ड’ महोत्सवमा ग्राम्स्की विचारको छाप आउने आजीवन शिक्षा र राजनीतिक नाटकका सत्रहरू र स्टुअर्ट हल पठन समूह पनि थिए ।

‘प्रिजन नोटबुक्स’ले पैरवी गरेझैँ मोमेन्टम समूह नागरिक समाज संस्थानलाई सांस्कृतिक रूपमा प्रभावी र संलग्न गराउन लागिपरेका छन् । सामाजिक सञ्जाल, भाइरल भिडियोहरू र आम उच्च शिक्षाको समयमा, ग्राम्स्कीको हेजिमोनीको विचार अझ बढी सान्दर्भिक छ भन्ने प्रमाणित भइरहेको छ । उनी हाम्रो समयका माक्र्सवादी विचारक मात्रै होइनन्, उनी यसभन्दा पनि पर विचारक हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ